Monday, October 7, 2024

रियल लभ कपललाई दर्शकले एकसाथ स्क्रिनमा

spot_img

रियल प्रेम जोडी सौगात मल्ल र सृष्टि श्रेष्ठलाई एकसाथ पर्दामा हेर्ने दर्शकको रहर अब पूरा हुने भएको छ । गएको दुई वर्षदेखि एकअर्काको प्रेममा रमाइरहेका यो कपललाई लिएर निर्देशक सञ्जीव न्यौपानेले फिल्म बनाउन लागेका छन् ।

उत्कृष्ट कथा र भूमिका भेटेको खण्डमा सँगै काम गर्न तयार रहेको बताउँदै आएका सौगात-सृष्टिले फिल्म ‘मासु भात’ मा एकसाथ काम गर्न लागेका हुन् । दुवैले फिल्म साइन गरिसकेका छन् ।

अब पहिलो पटक रियल लभ कपललाई दर्शकले एकसाथ स्क्रिन साझेदारी गरेको हेर्न पाउनेछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय