Thursday, November 21, 2024

पथरी शनिश्चरे शिविरमा अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा गायन र नृत्य प्रतियोगिता

spot_img

 

मङ्सिर ६,

अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा पथरी शनिश्चरे शिविरमा बेलडाँगी शिविर र पथरी शनिश्चरे शिविर दुवैका प्रतियोगिहरू बीच एकल गायन र सामूहिक नृत्य प्रतियोगिता सम्पन्न भएको छ।

शरणार्थीहरूका लागि उच्च आयुक्त संयुक्त राष्ट्रसंघको मुख्य सहयोग र लुथरन विश्व महासंघको सहकार्यमा सम्पन्न उक्त कार्यक्रम बस्ती व्यवस्थापन समितिको समन्वयमा भुटानी शरणार्थी बाल मञ्चले आयोजना गरेको हो।

यस कार्यक्रम कला र संस्कृति जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम संचालक रणबीर राईले जानकारी गराएका थिए।दुवै शिविरको सेक्टर स्तरबाट प्रतिनिधित्व गर्ने कलाकारहरूले प्रतियोगितामा भाग लिएका थिए।

गायन प्रतियोगितामा:

•प्रथम: पथरी शनिश्चरे शिविर, सेक्टर “सी” का आदित राई

•दोस्रो: बेलडाँगी सेक्टर “डी” की लक्ष्मी राई

•तेस्रो: बेलडाँगी सेक्टर “ए” की आसिका विश्व

सामूहिक नृत्य प्रतियोगितामा:

•प्रथम: पथरी शनिश्चरे शिविर, सेक्टर “सी”

•दोस्रो:बेलडाँगी सेक्टर“सी”

•तेस्रो:पथरी शनिश्चरे सेक्टर “डि”

कार्यक्रममा प्रमुख अतिथिको रूपमा बस्ती व्यवस्थापन समितिका सचिव करण राई उपस्थित थिए।अतिथिहरूमा आम्दा नेपालका सुमन नेपाल, एलडब्ल्यूएफका सन्तोष चौधरी, पूर्व सचिव चम्फासिङ राई, इन्ट्राका प्रतिनिधि रामकुमार बानिया, ग्लोबल भुटानीज अर्गनाइजेसनका प्रतिनिधि टिका अधिकारीलगायत बस्ती व्यवस्थापन समिति र अन्य संघ-संस्थाका प्रतिनिधिहरू सहभागी थिए।

भुटानी शरणार्थी बाल मञ्चले हरेक वर्ष यस कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।बालबालिकाहरूको विकासका लागि सम्बन्धित साप्ताहिक र मासिक कार्यक्रमहरू पथरी शनिश्चरे र बेलडाँगी शिविरमै बाल मञ्चले निरन्तर आयोजना गर्दै आएको छ।

 

What’s your Reaction?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय