काठमाडौं ।सेजल एण्ड सिस्टर फाण्डेसनले निरन्तर एक पछि अर्को परोपकारी कार्य गर्दै आएको छ । कुशल व्यवसायी एवम् वरिष्ठ समाजसेवी मेघ सुवेदी संस्थापक यस संंस्थाले मानव कल्याणको लागि उदाहरणीय कार्य गर्दै आएको छ । गत श्रावण १०, ११ र १२ गतेको अविरल वर्षाका कारण सिन्धुपाल्चोक जिल्लाका ३ स्थानीय तह बलेफी गाउपालिका, जुगल गाउपालिका तथा भोटेकोशी गाउपालिकामा पीडित बनेकाहरु र मृतक परिवारलाई फाउण्डेसनले सहयोग प्रदान गरेको छ ।
अमेरिकी संस्था सेजल एण्ड सिस्टर फाउन्डेसनले गत श्रावण महिनामा गएको विनाशकारी बाढी पहिरोबाट पीडित एवम् अति विपन्न परिवारलाई राहत वितरण गर्ने कार्यक्रम अन्तर्गत बलेफी गाउँपालिका, भोटेकोशी गाउँपालिका, जुगल गाउँपालिका र सुनकोशी गाउँपालिका अन्र्तगत बाढी पीडित तथा अति विपन्न परिवारलाई चिसोबाट बचाउनको लागि प्रत्येक परिवारलाई एक थान ब्ल्याङ्केट साथै मृतक तथा अति विपन्न परिवारलाई जनही १० हजारका दरले आर्थिक सहयोग गर्यो प्रदान गरेको छ ।
सेजल एण्ड सिस्टर फाउण्डेसनले केही दिन अगाडी रोसी गाउँपालिकाका वडा नं. ९, १० र ११ का बाढी पीडितलाई २५० थान भन्दा बढी बलाङ्केट साथै मृतकका परिवारलाई जनही १० हजार प्रदान गरेको थियो भने पूर्ण रुपमा घर क्षति भएका परिवारलाई जनही ५ हजारप्रदान गरेको थियो ।
दुःखी गरीब साथै पीडित परिवारहरुलाई सहयोग गर्ने पवित्र उद्देश्यले विभिन्न चरणमा विभिन्न क्षेत्रमा राहत तथा सहयोग प्रदान गरेको र आगामी दिनहरुमा अझ धेरै स्थानमा धेरै व्यक्तिलाई सहयोग प्रदान गर्ने संस्थाको उद्देश्य रेहेको सेजल एण्ड सिस्टर फाउण्डेसन नेपाल च्याप्टरका अध्यक्ष सन्जित भण्डारीले बताएका छन् ।
सेजल एण्ड सिस्टर फाउण्डेसनले विगतमा पनि नेपलाका विभिन्न जिल्लाका विभिन्न स्थानहरुमा उल्लेखनीय कार्य गर्दै आइरहेको छ ।
सेजल एण्ड सिस्टर फाउण्डेसन अमेरिकामा मेघ सुवेदीका साथै पञ्चम तामाङ, योगेश नेपाल, रविन बिष्ट, सुकवीर तमाङ, तिलमान मगर, सोनु तामाङ, अर्जुन बिष्ट लगायतले नेतृत्व रहेको छ । सेजल एण्ड सिस्टरका सल्लाहकार तथा पत्रकार राजेन्द्र लुइटेल, वरिष्ठ पत्रकार गीतकार तथा पूर्व उपाध्यक्ष पत्रकार गीता अधिकारी, चर्चित गायक तथा सङ्गीतकार पुष्कर सुनार, चर्चित गायिका तथा नायिका सारिका घिमिरे, चलचित्र नायक तथा मोडेल श्रीदेव भट्टराई, विश्व भारततोलन विजेता जीवन गिरी , निर्देशक एवं फोटोग्राफर कुबेर तामाङ, क्यामेरा म्यान नवीन सुनुवार तथा यस सेजल एण्ड सिस्टर फाउण्डेसनका सचिव डिल्ली राम सिग्देल, स्थानीय सहजकर्ता तथा समाजसेवी थुप्पेन घ्याल्बो लामा लगायतका विशिष्ट व्यक्तिहरुको गरिमामय उपस्थितिमा राहत एवम् सहयोग हस्तान्त्रण कार्यक्रम सम्पन्न भएको थियो ।
सोही दिन सेजल एण्ड सिस्टर फाउण्डेसनले समाजसेवी तथा फाउण्डेसनका संयोजक राजन भण्डारीको संयोजकत्वमा पनौती १२ का अति विपन्न तथा बाढी पीडित परिवारलाई सेजल एन्ड सिस्टर फाउण्डेसन अङ्कित ३०० भन्दा बढी परिवारलाई बाल्टिन पानीका फिल्टर तथा अन्य सामग्री कम्युनिटी इनोभेसन अर्गनाइजेसन तथा अन्य संस्थासँग सहकार्य गरेर सहयोग सामग्रीहरु हस्तान्त्रण गरेको थियो ।
सेजल एण्ड सिस्टर फाउण्डेसन जस्तो गैर नाफामूलक संस्थासँग मिलेर काम गर्न पाउँदा आफू अत्यन्तै हर्षित रहेको इनोभेसन संस्थाका अध्यक्ष नवराज खनालले बताएका थिए भने कार्यक्रमको संयोजक सदिक्षा सुवेदीले कार्यक्रम वृहत रुपमा लक्षित वर्गसम्म पुगेर सेवा प्रदान गरेकोमा फाउण्डेसनप्रति हार्दिक कृतज्ञता प्रकट गरेकी थिइन ।
सेजल एण्ड सिस्टर फाउण्डेसनद्वारा आयोजित सहयोग हस्तान्त्रण कार्यक्रममा स्थानीय प्रतिनिधि बिमल खत्री लागयतका समाजका बौद्दिक व्यक्तित्वहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । संस्थाको उद्देश्य एक भएको हुँदा एक अर्कामा हातेमालो गरेर समाजसेवा गर्न पाउँदा आफूलाई आनन्द लागेको सेजल एन्ड सिस्टर फाउन्डेसनका अध्यक्ष सञ्जित भण्डारीले बताएका छन् भुटनीज न्यूजलाई बताएका छन् ।