१० असोज, बिर्तामोड । अमेरिकाको न्युयोर्कमा आगामी अक्टोबर ५ मा आर.डि. सि. रोचेस्टरको आयोजनामा दशैँ तिहार धमका हुनेभएको छ ।
दशैँ तिहारको अवसरमा देश भित्र र बाहिर नै धेरै साङ्गीतिक कार्यक्रमहरु हुने गरेको छ ।
यसै गरी न्युयोर्कको रोचेस्टरमा भुटनिज कम्युनिटी अफ रोचेस्टरसँगको समन्वयमा दशैँ तिहार धमका हुने भएको छ ।
भर्खरै मात्र सम्पन्न भएको द भोइस अफ किड्स सिजन ३ का बिजेता अनुया तामाङ, गायकहरु टेक आचार्य, रुबन राई, बिबेक तामाङ, अनिल लकन्द्री, गायिकाहरु मनिता गुरुङ, उशा गुरुङ लगायतका नेपाली भाषी कलाकारहरुको उपस्तिथिमा भव्य कार्यक्रमको आयोजना गरिने भएको हो । उद्द्घोषक सन्त मोक्तानले उद्द्घोषण गर्ने उक्त कार्यक्रम दशैँ तिहार शुभकामना आदान प्रदान तथा नेपाली संस्कार र परम्परागत चाडपर्वहरुलाई जोगाउन तथा नयाँ पिंढिहरुमा भाषा, धर्म र परम्परागत बिषयको जानकारी तथा लगाब रहोस् भन्ने उदेशले उक्त कार्यक्रम आयोजना गरिएको हो ।