Wednesday, October 9, 2024

पथरी शनिश्चरे क्याम्पमा अन्तर सेक्टर स्तरिय फुटबल प्रतियोगिता सम्पन्न

spot_img

२३ असोज पथरी । पथरी शनिश्चरे क्याम्पमा हिजोबाट सुरु भएको अन्तर सेक्टर स्तरिय फुटबल प्रतियोगिताको फाइनल खेलमा सेक्टर “बी ” ट्राइ ब्रेकरमा सेक्टर “सी ” लाई हराउँदै बिजेता बनेको छ ।

सेजल एण्ड सिस्टरको आर्थिक सहयोगमा युवा मैत्री केन्द्रको आयोजनामा सम्पन्न भएको यस प्रतियोगितामा ५ वटा टिमहरुले भाग लिएका थिए । बिजेता र उपबिजेता टिमलाई नगद सहित प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो। प्रमुख अतिथि बस्ति ब्यवस्थापन समितिका सचीव करण राई लगायत अन्य अतिथिको हातबाट पुरस्कार वितरण गरिएको थियो ।

निर्धारित समयमा २ गोलको बराबरी भए पछि ट्राइ ब्रेकरमा सेक्टर “बी ” बिजयी भएको थियो । काजी तामाङ उत्कृष्ट खेलाडी घोषित भएका थिए भने सुमन राईले हाइ स्कोरको उपाधी जितेका छन । युवा पिढीहरुलाई खेल क्षेत्र तथा अन्य रचनात्मक काममा आकर्षण गरेर दुर्व्यसन न्युनिकरण गर्ने उद्देश्य रहेको उल्लेख गर्दै सेजल एण्ड सिस्टर जस्तै अन्य संघ संस्थालाई सहयोग गरिदिन आग्रह गरेका छन् ।

नव निर्बाचित युवा मैत्रि केन्द्रको नयाँ कार्य समितिको यो पहिलो कार्यक्रम रहेको छ । आगामी दिनमा अन्य धेरै कृयाकलाप गरेर युवाहरुलाई सकरात्मक बाटोमा हिंड्न प्रेरित गर्नुपर्ने देखिन्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय