काठमाडौँ :पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न अदालतको आदेश आउँदा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेताहरू भने खुसीयाली बाँड्न थालेका छन् ।
त्यसपछि रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले लेखेका छन्, ‘पार्टी सभापति रवि लामिछाने ज्यूलाई जिल्ला अदालत कास्कीले ६५ लाख धरौटीमा छाड्न आदेश गरेको छ। सरकारले जबरजस्ती हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने औचित्य नरहेको पुष्टि भएको छ।’
रास्वपा सांसद सोविता गौतमले रवि सहित कुनै अभियानको तस्बिर हाल्दै क्याप्सनमा ‘अटल, अडिग, अविचलित’ भनेर लेखेकी छन् ।
उता कास्की जिल्ला अदालतबाहिर रास्वपाका नेता कार्यकर्ता नाराबाजीमा उत्रिएका छन् ।