Friday, January 3, 2025

ह्यारिसबर्गमा नेपाली भाषी भूटानीद्वारा प्राइम हेल्थकेयर क्लिनिक सुचारु

spot_img

ह्यारिसबर्ग, पेन्सिलभेनिया । प्राइम हेल्थकेयर क्लिनिकले औपचारिक रूपमा आफ्नो उद्घाटन गर्दै समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ। ह्यारिसबर्गको ४३८६ स्टरब्रिज ड्राइभमा आयोजित भव्य उद्घाटन कार्यक्रममा स्थानीय नेताहरू, शुभेच्छुकहरू, र समर्थकहरूको उल्लेखनीय उपस्थिति थियो।

समारोहमा प्रमुख अतिथिहरूमा सौरभ तिम्सिना, कमिश्नर फ्रेड फायलोना (सुस्केहाना वार्ड ६), भूटानी समुदाय ह्यारिसबर्गका अध्यक्ष तिलक निरौला, नरेन राई, र विश्व क्षेत्री रहेका थिए। उनीहरूको समर्थन र प्रेरणाले यो अवसरलाई अझ विशेष बनाएको थियो। कार्यक्रममा भूटानी समुदाय ह्यारिसबर्गका अध्यक्ष तिलक निरौला ज्यूले रिवन काटि उद्घाटन गर्नु भएको थियो।

प्राइम हेल्थकेयर क्लिनिकले जनवरी २ बाट आफ्नो सेवा सुरु गर्दैछ। क्लिनिकले नियमित स्वास्थ्य जाँच, समग्र स्वास्थ्य हेरचाह, खोप, र डायग्नोस्टिक सेवाहरू जस्ता विविध उपचारका सेवा प्रदान गर्नेछ। यस क्लिनिकको उद्देश्य स्थानीय समुदायलाई सहानुभूतिपूर्ण र व्यावसायिक सेवाहरू उपलब्ध गराउनु हो।

क्लिनिकको उद्घाटनका अवसरमा, टिमले उत्साहित हुँदै भने, “हामी सार्वजनिक रूपमा आफ्नो सेवा सुरु गर्न पाउँदा निकै गर्व र खुसी महसुस गरिरहेका छौं। तपाईंहरूको निरन्तर समर्थनले हामीलाई प्रेरित गरेको छ, र हामी उत्कृष्ट स्वास्थ्य सेवा उपलब्ध गराउन कटिबद्ध छौं।”कार्यक्रममा उपस्थित समुदायका सदस्यहरूले क्लिनिकले भविष्यमा दिन सक्ने योगदानको प्रशंसा गरे।

What’s your Reaction?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय