Wednesday, December 25, 2024

अमेरिकामा गुरुङ जातिको महान पर्व तमु ल्होसार भव्य रुपमा मनाइने ।

spot_img

 

२५ डिसेम्बर २०२४ ।

गुरुङ समुदायको महान चाड तमु ल्होसार अमेरिकामा भव्य रुपमा मनाइने भएको छ । गुरुङ समुदायको छाता संगठन ‘यूनाइटेड गुरूङ सोसाइटी अफ अमेिरका(यु.जि.एस्.ए)ले नेसभिल टेनिसिमा शुक्रबार र शनिबार बृहत कार्यक्रम गरि  उक्त महान चाड तमु ल्होसार मनाउन लागेको हो ।

गुरुङ जातिको पारम्परिक मान्यता अनुरुप पौष १५ गते तदानुसार 30 डिसेम्बर देखि गरूड वर्ग सकिएर सर्प वर्ग सुरु हुन्छ । नयाँ सालको पहिलो दिनको रुपमा लिई गुरुङ जातीले उक्त दिनलाई उत्सवको रुपमा भव्यताका साथ मनाउदै आएको छ । यश अघि एक्रोन ओहायो, पेन्सिलभेनियाको ह्यरिसवर्ग,, नर्थ क्यारोलिनाको सार्लोट् र जर्जियाको एट्लान्ट लगायत शहरमा  ल्होसारको अवसरमा भव्य कार्यक्रम गरेको यु.जि.सि.एले यसपटक नेस्भिल टेनिसिमा महान ल्होसार उत्सव मनाउन लागेको हो ।

कार्यक्रममा गुरुङ जाती र अन्य समुदायको उल्लेख्य उपस्थिति रहने आयोजकले आशा गरेको छ । कार्यक्रममा गुरङ जातीको भेषभुषा र गुरुङ गीतहरुमा प्रस्तुति रहने छ ।

शुक्रवार १० बजेबाट भिविन्न पारम्परिक खेलकुदको कार्यक्रम रहेको छ । खेलकुदमा राजा दैड, राजकुमार दौड, छेलो, खुरु, मिउजिकल चियार आदि रहने यु. जी. एस्. ए. का खेलकूद विभाग प्रमुख पुष्पा पह्च्यु गुरूङले जानकारी गराएको छन्। यस्तै शुक्रवार दिउँसो ३:०० बजेबाट गुरुङ चलचित्र ‘टुकी’ देखाइने छ । ५:०० बाट साँस्कृतिक रोधी कार्यक्रम रहने यु. जी. एस् ए का रोधीं विभाग अध्यक्ष टेक भुजा गुरूङले बताए। रोधीं कार्यक्रममा नेपालबाट अतिथि कलाकारको रुपमा गायिका दुर्गा गुरुङले प्रस्तुति दिने छन् । यस्तै पेन्सिलभेनियाको इरिबाट राजु तोलोङ्गी गुरुङको पनि विशेष प्रस्तुति रहने श्री गुरूङले बताए । कार्यक्रममा यु. जी. एस् . ए का कलाकारहरूबाट पनि वेजोड प्रस्तुति रहने छ । गुरूङ जातिको क्होईबो (मन्दिर) र रोधीं (समाज घर) निमार्णको लागि आर्थिक संकलनको कार्यक्रम पनि रहेकोछ।

भोलि पल्ट शनिवारको
कार्यक्रममा साँस्कृतिक झाँकी प्रदर्शन गरिने छ । जसमा ढोल, झ्याम्टा, डमरु आदिसहित गुरुङ समुदायका खेगीहरू (पुरोहित), चोगीं (भद्रभलाद्मी) लगायत व्यान्ड बाजा, कलाकारहरू, महिला दिदी-बहिनीहरू र यु. जी . एस् ए.का पदाधिकारीहरू र भातृ संघठनहरू सहभागी हुने छन्।पाठपुजा पछि तमु खेगीहरूद्वारा कार्यक्रमका सहभागीहरूलाई रूपा/रिपा (महिलालाई सात गाँठो र पुरुषलाई नौ गांठो धागो) स्याई-स्याई गरी लगाई आशीर्वाद दिनेछन्। त्यस पश्चात साँस्कृतिक कार्यक्रम औपचारिक रूपमा सम्मान हुने केन्द्रीय अध्यक्ष श्री प्रदीप कोने गुरूङले भुटनीज निउजलाई जानकारी गराउनु भएको छ।

लोकप्रिय तथा वरिष्ठ कलाकार लगायत विभिन्न राज्य र शहरबाट सहभागी हुन आएका यू. जी . एस्. ए का भातृ संघठनका कलाकार भाई-बहिनीहरूका उत्कृष्ट प्रस्तुतिहरू अवलोकन गर्न पाड़ने अध्यक्ष गुरूङले बताउनु भयो।

What’s your Reaction?
+1
1
+1
2
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय