सिजल सुबेदीको जन्म उत्सब पथरी शनिश्चरे शिविरमा बाल बालिकाहरु बीच सम्पन्न हाल अमेरिकामा रहेकी सिजल सुबेदीको जन्म दिन पथरी शनिश्चरे क्याममा भुटानी शरणार्थी शिविरमा बाल बालिकाहरु बीच एक कार्यक्रमको आयोजना गर्दै सम्पन्न गरिएकाे छ ।
सिजल एण्ड सिस्टर फाउण्डेसन आफ्नै नामबाट नामाकरण भएर नेपालमा बिभिन्न क्षेत्रमा सन्चालनमा आईरहेको छ । जसलाई उहाको बुवा मेघ सुबेदी लगायत अन्य टिमहरुले सन्चालन गरिरहएको अवस्था छ ।
सिजल सुबेदीले शिविरका ६५ जना बालबालिकाहरु बीच अभ्यास पुस्तिका बितरण गर्दै उनको जन्म दिनलाई शुभ कामना प्रदान गर्दै जन्म दिनलाई उत्सबको रुपमा मनाईएको छ ।
उनी अमेरिकामा भएता पनि उनको नामको केक काटेर बालबालिकाहरुले जन्म दिनको शुभ कामना दिएका छन । कार्यक्रममा शिविर सचीव करण राईले शुभ कामना दिदै जन्म दिनको अवसर पारेर गरिएको सामाजिक कार्य प्रती धन्यवाद प्रकट गर्नुभएको थियो ।
केही दिन अघी मात्र उहाको बुवा मेघ सुबेदीको जन्म दिनको अवसर पारेर सयौ भुटानी शरणार्थी महिला,अपाङ्ग , बिद्यार्थीहरुलाई बिभिन्न उपहार प्रदान गर्दै दमक शिविर र पथरी शनिश्चरे शिविरमा नै जन्म दिन मनाईएको थियो ।
यस कार्यले जन्म दिन मनाउने सस्कार बिकास हुँदै गर्दा फजुल खर्च होटल या अन्य ठाउमा हुनु भन्दा सामान्य तरिकाले मानबिय सेवा भबले गर्नु असल हो भन्ने सन्देश प्रबाह गरेको छ ।