Saturday, January 4, 2025

प्रवासमा रहेका नेपालिहरुको पहलमा छैटौ लेट किङविरेन्द्र मेमोरियल टुनामेन्ट सम्पन्न

spot_img

पोल्यान्डको वार्शामा प्रवासमा रहेका नेपालिहरुको पहलमा छैटौ लेट किङविरेन्द्र मेमोरियल टुनामेन्ट सम्पन्न भएको छ ।

स्व. राजा विरेन्द्रको स्मृतिमा आयोजित टुनामेन्टमा पोल्यान्डमा  रहेका १६ क्लबहरुको सहभागिता रहेको थियो ।

यो टुनामेन्ट २०१९ बाट निरन्तर सञ्चालन गरिदै आएको ब्रर्दश  हुडका चेयरपर्शन तथा टुर्नामेन्ट व्यवस्थापन संयोजक मुकुल बोहोराले बताउनु भयो ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण स्पोन्जर, नेपाली दाजुभाई तथा सञ्चारकर्मी प्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ ।

उहाँले विगत ६ वर्षबाट सफल्तापूर्वक सम्पन्न गर्न ब्रर्दशहुड र पोल्यान्डका नेपालीहरुले खलेको  भुमिकालाई कहिल्यै बिर्सन नसक्ने बताउनु भयो ।

डिसेम्बर २५ का दिन पोल्याण्डको राजधानी बार्शामा सम्पन्न भएको टुनामेन्टमा गोर्खाली वार्रियस  क्लब प्रथम ,  चुलो दोश्रो र होमिज क्लब तेश्रो भएको थियो ।

टुनामेन्टमा  पोल्यान्डका लागि नेपाली कन्सुलर डा. भोजराज सुवेदीको प्रमुख आतिथ्यता रहेकाे  थियाे ।

फाइनल खेलमा गोर्खाली वार्रियसले  चुलोविद्व पेनाल्टीमा ५–३ गालको अन्तरले विजयी हासिल गरेको छ ।

पहिलो पुरुस्कार ज्ल ६ हजार दोश्रो ३५ सय र तेश्रो हुनेलाई ज्ल १५ सय नगद सहित ट्रफि र प्रमाण पत्रले सम्मान गरिएको थियो ।

११ गोल गर्ने होमिजका खेलाडी राजन श्रेष्ठलाई प्रतिकात्मक उपहार खुकुरी तथा ट्रफी साथै पुरुस्कार राशीले सम्मान गरिएको थियो ।

नेपाली राष्ट्रिय गानबाट सुभारम्भ गरिएको कार्यक्रममा नेपालका चर्चित कलाकार प्रमोद खरेल, कथाकार साइग्रेस पोखरेल,भरतमणि पौड्यल, सुमन कार्की, कलाकार केकी अधिकारीले र राजेश पायल राईले भिडियो सन्देश मार्फत खेलाडीको हौसला बढाएका थिए साथै टुर्नामेन्टको सफल्ताको शुभकामना दिएका थिए  ।

गोर्खाली वरिर्यसका वाइटका  सुमन मिजार उत्कृष्ट गोल किपर बनेका थिए । त्यस्तै उत्कृष्ट गोल किपर चुलोका सुमन गुरुङ बनेका  छन् । दुवै लाईमा मायाको चिनो ट्रफी तथा नगद राशीले सम्मान गरिएको  थियो ।

स्पोन्जर चुलो रेस्टुरेन्टका सञ्चालक गणेश थापाले टुर्नामेन्टमा दोश्रो पुरुस्कारको व्यवस्था गरिदिनु भएको थियो ।

खेलाडीहरुको हौसला बढाउन अतिथीका रुपमा वार्शा थुनिभर्सिटीका प्राध्यापक डा.सरोज अर्यालको उपस्थिी रहको थियो । उहाँले यस किसिमको इभेन्टले नेपाली एकता र खेल संग प्रेम बढाउने बताउनु भयो ।

टुनामेन्टमा एमेका चिजिओके,नाइजेरियाबाट टेलर अफ्रिकाबाट र एलेन ग्विजडन पोल्याण्डबाट  टु्नामेन्ट रेफरीका रुपमा रहनु भएको थियो ।

नेपालीहरु बिच एकता कायम गर्दे पूर्व राजपरिवारको स्मृतिस्वरुप टुर्नामेन्टको आयोजना गरिएको ब्रर्दशहुडका अध्यक्ष मुकुल बोहोराले बताउनु भयो ।

प्रतियोगितामा एनआरएन पोल्याण्डका प्रतिनिधीहरु पवन खड्का ,उदयराज गिरी,आनन्द धिमिरे बिबाश हाङ राई, गंगा पौडेल अधिकारी,अत्तजल काठेठ, मित्रलाल परदाय,अर्पणा गुरुङ तामाङ, एभरेस्ट नेपाल,भीम परियार बाबु गुरुङ लगायतले विभिन्न शिल्ड र मेडलको प्रायोजन गर्नुभएको थियो ।

कार्यक्रममा इनेसका अध्यक्ष विवेक पौडयालले खेलको सफल्ताको लागि शुभकामना दिनुभयो ।

इभेन्टमा ग्राउण्ड म्यानेजमेन्ट उत्सव राजवंशी र डेस्क म्यानेजमेन्ट  आयुष केसीले गर्नुभएको थियो ।

चुलो क्लबका समन मिजार उत्कृष्ट गोल रक्षक बनेका थिए । उनलाई ट्रफी ताथ पुरुस्कार राशीले सम्मान गरिएको थियो ।

टुर्नामेन्टको प्रत्यक्ष प्रसारण गोल   नेपालले गरेको थियो । खेलाडीहरुलाई पानीको ब्यवस्थापन समीर राई र सुवेदी परिवारको तर्फबाट गरिएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय