रेनोल्ड्सबर्ग, ओहायो – नेपाली साहित्य र संस्कृतिलाई प्रोत्साहन गर्दै विश्वभर फैलिएको नेपाली समुदायको पहिचानलाई अझ बलियो बनाउन विश्वकर्मा समाज अमेरिका (बि,एस,ए) ले विशेष साहित्य महोत्सवको आयोजना गर्ने भएको छ। डिसेम्बर २८, शनिबारका दिन रेनोल्ड्सबर्गस्थित एक भव्य समारोहमा नेपाली भाषा, साहित्य, र संस्कृतिको सम्मानमा यो महोत्सव सम्पन्न हुनेछ।
“कलम, कागज र शब्दहरूको उत्सव बि,एस,ए लिट्रेचर” नामक यस विशेष कार्यक्रममा चर्चित नेपाली लेखक रमेश दियालीको दोस्रो उपन्यास ‘भुसको आगो’ को विमोचन गरिनेछ भने पहिलो कृति छाप्रो नं ५५ बजारमा लिएका थिए ।यस पुस्तकले सामाजिक यथार्थलाई उजागर गर्दै पाठकलाई गहिरो सोच र बहसमा लैजाने अपेक्षा गरिएको छ।
कार्यक्रमले नेपाली साहित्यका पुराना स्रष्टाहरूको सम्मान गर्ने मात्र होइन, नयाँ पुस्तालाई साहित्यतर्फ प्रेरित गर्ने उद्देश्य पनि राखेको छ। आयोजकका अनुसार यो महोत्सव नेपाली समुदायलाई आफ्नो जरा र पहिचानसँग जोड्ने सेतुका रूपमा रहनेछ।
कार्यक्रमका अन्य विशेषता अन्तर्गत साहित्यिक र सांस्कृतिक प्रस्तुतिहरू पनि रहनेछन्, जसले नेपाली कला र परम्परालाई अझ उजागर गर्नेछन्। नेपाली समुदायको सहभागिताले यो उत्सवलाई थप प्रेरणादायी र यादगार बनाउने विश्वास आयोजकको छ।
यस महोत्सवले विश्वभर फैलिएका नेपालीहरूलाई आफ्नो भाषा, साहित्य, र पहिचानप्रति गर्व गर्ने अवसर प्रदान गर्नुका साथै नयाँ पुस्तालाई पनि मौलिक परम्पराको संरक्षण र प्रवर्द्धनतर्फ अग्रसर गराउने अपेक्षा गरिएको छ।
नेपाली भाषा, साहित्य, र संस्कृतिको यो उत्सवले नयाँ सोच र दृष्टिकोणलाई प्रोत्साहन दिनेछ। नेपाली समुदायको सहभागिता र समर्थनले कार्यक्रमलाई थप प्रभावकारी र ऐतिहासिक बनाउन सहयोग गर्नेछ।