झापाको दमकमा रहेको भुटानी शरणार्थी शिविर बेलडाँगीमा गुरुङ जातिको महान पर्व तमु ल्होसार भव्यताका साथ सम्पन्न भएको छ ।
बेलडाँगी शरणार्थी शिविरमा बसोबास गर्ने गुरुङ समुदायको सङ्गठन तमु छोंज धीं भुटानले सोमबार बृहत् कार्यक्रम गरि तमु ल्होसार मनाएको हो । गुरुङ जातिको पारम्परिक मान्यता अनुरुप पौष १५ गते तदानुसार ३०डिसेम्बर देखि गरूड वर्ष सकिएर नयाँ साल सर्प वर्ष सुरु हुन्छ ।
नयाँ सालको पहिलो दिनको रुपमा लिई गुरुङ जातीले उक्त दिनलाई उत्सवको रुपमा भव्यताका साथ मनाउदै आएको छ । सोमबार आयोजित कार्यक्रममा गुरङ जातीको भेषभुषा र गुरुङ गीतहरुमा प्रस्तुति दिएका थिए ।
कार्यक्रममा साँस्कृतिक प्रदर्शनी साथै पाठपुजा, घाटु नाच, सोरठि नृत्य आदि साँस्कृतिक नृत्य प्रदर्शन गरिएको थियो । कार्यक्रममा साँस्कृतिक प्रस्तुतिपछि विभविन्न साँस्कृतिक र पारम्परिक खेलकुदको आयोजना गरिएको थियो ।
भुटानी शरणार्थी शिविर व्यवस्थापन समितिका सचिव सञ्चहाङ सुब्बा प्रमुख अतिथी रहनु भएको कार्यक्रममा आर्चरी (धनुष काँड) प्रतियोगिता, छेलो प्रतियोगिता, म्युजिकल च्यर आदि साँस्कृतिक र पारम्परिक खेलहरुको राखिएको थियो । कार्यक्रमको आर्चरी प्रतियोगिता ड्रुक समुह र गुरुङ समुह बिच भएको थियो ।
सोनाम डुक्पा नेतृत्वको ड्रुक समुह र भु.पु सचिव तथा समाजसेवी राज मान गुरुङ नेतृत्वको गुरुङ समुह बिच भएको १५ अंकको खेलमा सोनाम ड्रुक्पा नेतृत्वको ड्रुक समूह बिजयी भएको थियो । विजेता समुहले ने रुः ९,०००/ (नौ हजार)प्राप्त गर्नु भएको छ ।
प्रतियोगितामा ड्रुक समुहबाट पहिलो कारी(Target)लगाउनु हुने गम्बिर लामिछाने मगरले ने.रू रु १,०००/ (एक हजार)प्राप्त गर्नु भएको छ। यस्तै छेलो प्रतियोगीतामा APF का प्रकाश कार्की प्रथम हुनु भएको थियो ।
कार्कीले प्रथम पुरस्कार स्वारुप ने.रु.२,०००/ (दुई हजार)प्राप्त गर्नु भएको छ । कार्यक्रममा आमा समुह तर्फको म्युजिकल च्यर खेलमा सारादा कट्वाल प्रथम हुनु भएको थियो ।उहाँले ने. रु. १,०००/(एक हजार)प्राप्त गर्नु भएको छ । कार्यक्रममा बालबालिकाका लागि पनि विभिन्न खेल राखिएको थियो । जसमा सिरिया राइले ने.रू रु १,०००/ जितेकी थिइन ।
कार्यक्रममा विभिन्न संघ संस्थाको प्रतिनिधित्वको रुपमा विशेष अतिथि र अतिथिहरु निम्त्याएको थियो भने गुरुङ जाति र अन्य समुदायको बाक्लो उपस्थिति रहेको थियो ।