Thursday, November 28, 2024

भुटानी-नेपाली चर्चेस अफ अमेरिका (BNCA) द्वारा पुरुष भलिबल लिगको आयोजना

spot_img

 

कोलम्बस, ओहायो – भुटानी-नेपाली चर्चेस अफ अमेरिका (BNCA) ले नोभेम्बर २९ र ३०, २०२४ मा ओहायोको कोलम्बसमा अन्तरशहर पुरुष भलिबल लिगको आयोजना गर्दैछ। प्रतियोगिताको उद्देश्य युवाहरूलाई शारीरिक रूपमा सक्रिय बनाउनु र दाजुभाइबीचको सम्बन्धलाई बलियो बनाउनु हो।

प्रतियोगितामा अमेरिकाभरका २० टोली र क्यानडाबाट एउटा टोली गरी कुल २१ टोलीको सहभागिता रहनेछ। BNCA का अध्यक्ष पास्टर भद्र राईले तयारीहरू सुचारु रूपमा अघि बढिरहेको र कार्यक्रमलाई सफल बनाउन हरसम्भव प्रयास भइरहेको बताएका छन्।

खेलहरू दुई दिनसम्म चल्नेछन्, जहाँ पहिलो दिन समूह चरणका खेलहरू र दोस्रो दिन नकआउट चरण सम्पन्न हुनेछन्। यो लिगले खेलकुदको माध्यमबाट समुदायलाई नजिक ल्याउनुका साथै भाइचाराको भावना प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

BNCA ले शारीरिक र मानसिक स्वास्थ्य प्रोत्साहन गर्दै समाजमा एकताको सन्देश प्रवाह गर्न खेलकुदलाई महत्वपूर्ण माध्यमका रूपमा अघि सारिरहेको छ। आयोजकका अनुसार, यो कार्यक्रमले नयाँ पुस्तालाई खेलकुद र नेतृत्व विकासमा प्रेरणा दिनेछ।

प्रतियोगिताको समापनमा विजेता टोलीलाई सम्मानित गरिनुका साथै सहभागी टोलीहरूलाई प्रशंसा पत्र प्रदान गरिनेछ। BNCA ले सम्पूर्ण समुदायलाई कार्यक्रममा सहभागी भई समर्थन गर्न आह्वान गरेको छ।

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय