पथरी शनिश्चरे क्याममा सिजल एण्ड सिस्टरको आर्थिक सहयोगमा महिलाहरु बीच पटलक अर्थात पाककला प्रतियोगिता सम्पन्न भएको छ ।
भुटानी शरणार्थी महिला मन्चको आयोजनामा सम्पन्न प्रतियोगितामा १५ जना महिलाहरुले सहभागीता जनाएका थिए ।
बिभिन्न परिकारहरु बनाएर कार्यक्रममा ल्याएर निर्णायक द्वारा प्रथम , दोस्रो र तेस्रो स्थान छुट्याइ ट्रफी तथा नगद पुरस्कार प्रदान गरिएको थियो ।
प्रथम स्थानमा प्रतीक्षा मगर , दोस्रो स्थानमा कर्ण राई र तेस्रो स्थानमा चन्द्र कला तामाङ हुन सफल हुनुभएको छ । निर्णयकको रुपमा इक्सा लिम्बु , प्रमुख अतिथिमा शिविर सह सचीब सुनिता राई र अन्य अतिथिहरुको उपस्तिथि रहेको थियो । १६ दिने महिला हिङ्सा बिरुद्दको अभियानको पहिलो दिन पनि रहेको अवसरमा प्रमुख अतिथि सुनिता राईले महिला हिङ्सा न्युनिकरणमा जोड दिदै आफ्नो बिचार राख्नु भएको थियो ।
सिसज एण्ड सिस्टरको मासिक कार्यक्रम अन्तर्गत भुटानी शरणार्थी महिला मन्चले नियमित कार्यक्रम आयोजना गर्दै आईरहेको छ ।
आयोजक सस्थाको महासचीब कर्ण माया गुरुङले सम्पूर्ण सहयोगी सस्था र सहभागीलाई धन्यवाद प्रकट गर्दै कार्यक्रम समापनको घोषणा गरेकी थिईन ।