वीरेन मगर १२ मङ्सिर । झापा-मोरङ । इन्ट्रा अध्यक्ष डिल्ली अधिकारीको छोरी सोनिया अधिकारी र इन्टाकै एल.बि तिवारीको छोरी रिया तिवारीले पूर्वी नेपालको झापा-मोरङमा रहेको भुटानी शरणार्थी शिविर बेलडाँगी र पथरी-शनिश्चरेका शरणार्थी र स्थानीय निम्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री साथै एकल, असाहय र बृद्धबृद्धा शरणार्थीलाई न्यानो कमबल वितरण गरेका छन् ।
बुवा-आमाको सत्कर्म पछ्याउँदै परिवार र इन्ट्रा फाउन्डेसनको टिमसहित नेपाली आएकी सोनिया अधिकारी र रिया तिवारीले सोमबार बेलडाँगी र पथरी शनिश्चरे शरणार्थी शिविरमा आयोजित कार्यक्रमा शैक्षिक सामाग्री साथै न्यानो कमबल वितरण गरीएकाे हो ।
कार्यक्रममा बेलडाँगी र पथरी-शनिश्चरे शरणार्थी शविरमा ४७२ थान कम्बल साथै कक्षा नर्सरी देखि कक्षा १२ सम्मका १५०० (पन्ध्र सय) शरणार्थी र स्थानिय निम्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको इन्ट्राका राम बानियाँले भुट्नीज निउजलाई जानकारी दिनु भयो । जस मध्ये बेलडाँगी शिविरमा २०१ र पथरी शनिश्चरे शरणार्थी शिविरमा २७१ थान कम्बल वितरण गरिएको थियो ।
त्यसैगरी बेलडाँगीमा कक्षा नर्सरीदेखी कक्षा १२ सम्मका ९५० शरणार्थी र स्थानिय निम्न वर्गका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको थियो भने पथरी शनिश्चरेमा शिविरमा ५५० शरणार्थी र स्थानीय निम्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।
लामो समय शरणार्थी शिविरमा शरणार्थीका रुपमा जीवन विताएर अमेरिका पुनर्वास हुनु भएको डिल्लि अधिकारीले तेस्रो मुलुक पुनर्वास कार्यक्रम अन्तर्गत अमेरिका पुनर्वास भई दिन- दुखी र निम्न वर्गको सहयोगार्थ अमेरिकामा इन्ट्रा न्यस्नल वेलफ्यार रण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका स्थापना गर्नु भएको थियो ।
अधिकारीको अध्यक्षता स्थापना भएको इन्ट्रा फाउन्डेसनले स्थापनाकाल देखीनै भुटानी शरणार्थी र स्थानीय निम्न वर्गका मानिसहरुलाई विभिन्न क्षेत्रमा राहत महसुस हुने गरि सहयोग उपलब्ध गराउँदै आएको छ ।
अधिकारीकै नेतृत्वमा फाउन्डेसनले नेपाली भाषा, कला, साहित्य र संस्कृतिको जगेर्णामा महत्वपुर्ण योगदान पुर्याउदै आएको छ ।
अमेरिकामा चिकित्सा विज्ञान पढेर डाक्टर बन्ने लक्ष्य राखेकी कक्षा १२ बाह्रमा अध्ययनरत सोनिया आफ्ना बुवाबाट निकै प्रभावित छिन् ।
आफ्नो बुवा डिल्लि अधिकारीको सतकर्मको पाइला पछ्याउँदै आएकी सोनिया अधिकारीले आफ्नो जन्मदिन एवं विभिन्न अवसरमा संकलन भएको रकमले उक्त शैक्षिक सामाग्री तथा कमबल वितरण गर्न सफल भएको बताएकी छन् । सोनिया अधिकारीलाई उनका साथी रिया तिवारीले साथ दिइएकी हुन् ।
नेपालमै शरणार्थी शिविरमा जन्मिएकी उनिहरु दुवै चार वर्षको कलिलो उमेरमा परिवारको साथमा नेपालको शरणार्थी शिविरबाट अमेरिका पुनर्वास भएकी थिइन् ।
कार्यक्रममा बुवा एल.वी तिवारी र आमा माया तिवारीबाट नेपालमा विद्यार्थीहरुलाई निकै गाह्र हुन्छ भन्ने सुनेेको उल्लेख गर्दै रियाले यसरी सहयोग गर्न पाउँदा आफुलाई धेरै खुसी लागेको बताएकी छन् ।
कार्यक्रममा इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारी र एल.बी तिवारी परिवार सहित उपस्थित हुनुहन्थ्यो । राम बानियाँ लगायत फाउन्डेसनको अन्य सदस्यको उपस्थिति रहेको उक्त कार्यक्रममा अमेरिकाबाट आउनु भएका गोपाल धितालले कुनै पनि अवस्थामा बालबालिकालाई शिक्षाबाट बञ्चित नगर्न शरणार्थी अविभावकलाई आग्रह गर्नु भएको थियो । धितालले कुनै पनि समस्या परे आफुहरलाई बताउन पनि शिविरबासीलाई आग्रह गर्नु भएको छ ।
कार्यक्रममा शैक्षिक सामाग्री साथै कमबल वितरणका लागि बेलडाँगी शरणार्थी शिविरमा समाजसेवी एवं भू.पु उप-सिचव टि.बि राई र पथरी शनिश्चरेमा समाजसेवी राम बानियाँले समन्वयकारी भुमिका निभाउनु भएको थियो ।