Thursday, November 28, 2024

बामा वार्षिक समारोह २०२४ भव्य रूपमा सम्पन्न, नयाँ कार्यसमिति चयन

spot_img

भुटानी-अमेरिकी मैत्री संघ (बामा) को आयोजनामा “बामा वार्षिक समारोह २०२४” भव्यताका साथ सम्पन्न भएको छ। बामा, अमेरिकी भूमिमा भुटानी समुदायको सांस्कृतिक पहिचान जोगाउँदै सामाजिक एकता र सहयोगको भावना प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको संस्था हो। यस समारोहले समुदायभित्रको एकतासँगै सांगीतिक प्रतिभा, संस्कृति, र सहकार्यको प्रदर्शन गरेको छ।

बामा कार्यसमितिले यो ऐतिहासिक कार्यक्रममा अतुलनीय योगदान पुर्‍याउने सबैप्रति गहिरो धन्यवाद प्रकट गरेको छ। विशेषगरी, भुटानी समुदायका चर्चित ब्यान्डहरू—ड्रुक फ्युजन ब्यान्ड, द स्पर्श, रिफ रिभोलुसन र चौतारी ब्यान्ड ले प्रस्तुत गरेका प्रत्यक्ष सांगीतिक कार्यक्रमले कार्यक्रममा बेग्लै रौनक थप्यो। यस सफल आयोजनाको श्रेय बामाका सबै सदस्यहरूको कडा मेहनत र लगनशीलतामा जान्छ।

त्यस्तै, बामा कार्यसमितिले नव-निर्वाचित नेतृत्व पाएका छ उहाँहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्द छाै। बलराम गुरुङको अध्यक्षतामा गठन भएको नयाँ कार्यसमितिले बामाको मूल लक्ष्य र उद्देश्यलाई अझ सशक्त बनाउँदै समुदायको सेवा गर्ने प्रतिबद्धता जनाएको छ। नयाँ नेतृत्वमा कान्छी माया सुब्बा उपाध्यक्ष, महेश थुलुङ कोषाध्यक्ष, चारोन बजगाईं सचिव, गणेश गजमेर कार्यक्रम संयोजक, र मनोज ढकाल कार्यसमिति सदस्यका रूपमा समावेश छन्।

बामा, २०१२ मा स्थापना भएयता, भुटानी-अमेरिकी समुदायको हितमा काम गर्दै आएको छ। यसले विशेषगरी सामाजिक, सांस्कृतिक, र शैक्षिक गतिविधिहरूको प्रवर्द्धन गर्दै समुदायका सदस्यहरूलाई एकताबद्ध गर्ने काम गरेको छ। बामाको यो वार्षिक समारोहले समुदायको योगदान र पहिचानलाई थप मजबुत बनाउँदै भविष्यमा अझ प्रभावकारी कार्यक्रम गर्ने बिष्णु रामदमले जानकारी दिनु भएको छ ।

बामा वार्षिक समारोह २०२४ को भुटानी-नेपाली साहित्य क्षेत्रको अवसरमा इतिहास-प्रज्ञ गुरु गंगाराम लमिटारे र भ्वाइस अफ किड्स सिजन ३ की विजेता अनुह्या तामाङलाई साथै बाजेवादकहरूलाई विशेष सम्मान प्रदान गरिएको छ।गंगाराम लमिटारेले भुटानी-अमेरिकी समुदायको सांस्कृतिक संरक्षण र सामाजिक एकताको प्रवर्द्धनमा पुर्‍याएको योगदानलाई उच्च मूल्यांकन गरिएको छ। उहाँको नेतृत्व र प्रेरणाले बामाका कार्यक्रमहरूलाई प्रभावकारी बनाउने महत्त्वपूर्ण भूमिका खेलेको छ।

बामाले सम्मानित व्यक्तित्वहरूलाई प्रमाणपत्र र स्मृति चिह्न प्रदान गर्दै आगामी दिनहरूमा पनि समुदायका हितमा योगदान पुर्‍याउन प्रेरणा दिएको छ। यस सम्मानले समुदायमा योगदान दिन चाहने सबैलाई थप हौसला र प्रेरणा मिल्ने विश्वास बामाले व्यक्त गरेको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय