अमेरिका स्थायी बसोबास गर्दै आउनुभएकी समाजसेवी शान्ति गुरुङले काठमाडौंको खुल्ला आकाशमूनी, चिसो सडक पेटी, पुलमुनी र ढलको पाइप भित्र भोक भोकै जीवन कटाउन बाध्य भएका बृद्धबृद्धा, दुःखी, गरीब, अशक्त तथा असहाय भएका सयौं मानिसहरुलाई उहाँको जन्मोत्सवको उपलक्ष्यमा यही (25 November 2024) गते खाना खुवाउनुभएको छ । उहाँ र उहाँको श्रीमान समाजसेवी एवम् कुशल व्यवसायी राजेश गुरुङले भोजन सेवाका लागि मासिक सहयोग गर्दै आउनुभएको छ ।
भोजन दान, महाकल्याण’ सेवा नै सर्वोत्कृष्ट धर्म हो भन्ने मुल मन्त्रलाई सिरोधार्य गेर्ने समाजसेवीद्वय शान्तिगुरुङ र राजेश गुरुङ सकारात्मक सोच एवम् समाजको आदर्श पात्र हुनुहुन्छ ।
शान्ति गुरुङले काठमाडौंमा रहेका युवा समाजसेवी प्रदिप घिमिरेले कोरोनाको समय देखी थालनी गरेको प्राण बचाउने भोजन सेवा जस्तो पूण्य कार्यलाई साथ सहयोग र हौसला दिनलाई अनुरोध समेत गर्नु भएको छ ।
नेपालमा कोरोना भाइरसको सुरुवाती चरणदेखी सञ्चालन भएको तातो खाना अभियान निरन्तर जारी छ । विविध कारणबस एक छाक खान नपाएर सडक पेटीमा बस्नेहरुका लागि युवा समाजसेवी प्रदिप घिमिरे अमूल्यले तातो खाना अभियान सञ्चालन गरेका थिए । उक्त कार्य हालसम्म सञ्चालनमा आइरहेको छ ।
युवा समाजसेवी घिमिरेले सञ्चालन गरेको पूण्य कार्यमा स्वदेश तथा विदेशमा भएका मनकारी व्यक्तिहरुले जन्मोत्सव, विवाह उत्सव, अन्नप्राशन, पितृहरुको स्मृती एव् स्वच्छीक रुपमा सहयोग पुर्याउँदै आउनुभएको छ । सहयोगी मनहरुले तलको फेसबुक लिङ्कमा क्लिक गरी +9779841141468 मा सम्पर्क गर्न सक्नुहुनेछ ।
https://www.facebook.com/amulya.ghimire/