Friday, December 27, 2024

ब्लड प्रेसर नियन्त्रण गर्ने ५ पेयपदार्थ, नियमित सेवनले हुदैन हार्टअट्याक

spot_img

आजभोली धेरै नेपालीलाई उच्च रक्तचापको समस्या देखिन्छ । उच्च रक्तचाप मात्रै होइन धेरै मानिसहरु मुटुरोग र कार्डियो भास्कुलर रोगबाट पिडित छन् ।

रक्तचाप नियन्त्रण गर्न र मुटुरोगको जोखिम घटाउनको लागि मुख्य त हाम्रो खानपानको शैली र आहारलाई व्यवस्थित गर्नुपर्छ । हुन त औषधिहरुले पनि रक्तचापलाई कम गर्न सहयोग गर्छ तर हामीले आफ्नो खानपानमा थोरै ध्यान दिने हो भने पनि उच्च रक्तचापको समस्याबाट बच्न सकिन्छ ।

उच्च रक्तचाप रोगीलाई दिइने सबैभन्दा आम सल्लाहमा हो नुन, चिल्लो र धेरै क्यालोरी हुने खानेकुराको कम खाने । उच्च रक्तचापको समस्या भएका बिरामीले आफ्नो आहारमा नियमित रुपमा सागसब्जी, फलफूलको सेवन गर्नुपर्छ ।

त्यस्तै यदि स्वास्थ्य विशेषज्ञहरुको सल्लाह मान्ने हो भने उनीहरुले तपाईंलाई क्याफिन युक्त पेय र अल्कोहलको सेवनबाट टाढा रहन सुझाव दिन्छन् । यी दुई पेयको सेवन नगरेमा हामीले उच्च रक्तचाप कम गर्न सकिन्छ किनभने स्वास्थ्यको लागि यी दुवै चीज धेरै नै खतरनाक छ ।

आज हामी तपाईलाई यस्तै केही पेय पदार्थको बारेमा बताउन गइरहेका छौं जसले उच्च रक्तचाप र मुटुसम्बन्धी रोगको जोखिमलाई कम गर्न सघाउँछ ।

नियमित सेवन गर्नुहोस् यी पेय पदार्थ

१. एप्पल साइडर भिनेगर

एप्पल साइडर भिनेगर उच्च रक्तचापबाट बँच्नको लागि सबैभन्दा प्रभावकारी मानिन्छ । यो पोटेसियम युक्त हुन्छ । यसले शरीरबाट सोडियमको अतिरिक्त मात्रा र विषाक्त पदार्थलाई बाहिर निकाल्छ ।

यसमा पाइने रेनिन एन्जाइमले रक्तचाप लाई कम गर्छ । तपाईंले एक गिलास पानीमा एक चम्चा मह र एप्पल साइडर भिनेगरलाई मिसाएर बिहानै पिउनुभयो भने यसले धेरै फाइदा गर्छ ।

२. कागती पानी

कागती पानीले  शरीरको कोषहरुलाई सफा गर्छ । यस बाहेक यसले रक्तनलीहरुलाई नरम र लचिलो बनाउँछ जसले रक्तचाप कम गर्छ ।

कागती पानीमा भिटामिन सि हुन्छ जसले शरीरबाट मुक्त कणहरुलाई हटाउन एन्टिअक्सिडेन्टको रुपमा काम गर्छ । हरेक विहान एक गिलास कागती पानीको सेवनले रक्तचापको स्तर नियन्त्रण गर्न मद्धत गर्छ ।

३. मेथी पानी

मेथी पानीमा फाइबर अधिक हुन्छ । जसले तपाईंलाई रक्तचाप नियन्त्रित गर्न मद्धत गर्छ । हरेक विहानखाली पेटमा एक गिलास मेथी पानी पिउनाले रक्तचापलाई नियन्त्रणमा राख्न सकिन्छ ।

४. चिल्लो रहित दूध

चिल्लो कम भएको वा फ्याट बिनाको दूधलाई पोटेशिसम र क्याल्सियमको राम्रो स्रोत मानिन्छ । यी दुवै पोषक तत्वले रक्तचापलाई व्यवस्थित राख्न मद्धत गर्छ ।

तरयुक्त दूधबाट बच्न पर्छ किनभने त्यसमा रहने पाल्मेटिक एसिडले रक्त नलीलाई अवरुद्ध गर्न सक्छ र रक्तचाप बढ्छ ।

५. चियापत्ति र पानी

चियाको पत्ति ओमेगा ३ फ्याटी एसिड युक्त हुन्छ । यसले रगतलाई पातलो बनाउँछ र रक्तचापलाई कम गर्छ ।

आधा घन्टासम्म पानीमा चिया दाना भिजाउनुहोस् र त्यो पानीलाई पिउनुहोस् । यसलाई लगातार एक महिनासम्म पिएमा तपाईंले प्रभावकारी असर देख्न सक्नुहुन्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय