Sunday, October 6, 2024

जर्मनीले मङ्कीपक्सबाट पीडित अफ्रिकाका देशहरूलाई एक लाख एमपोक्स खोप दिने

spot_img

जर्मनीले मङ्कीपक्सबाट पीडित अफ्रिकाका देशहरूलाई एक लाख एमपोक्स खोप दिने भएको छ । सैन्य स्टकहरूबाट खोप आउने र छिटै मङ्कीपक्सबाट प्रभावित अफ्रिकाका देशहरुलाई उपलब्ध गराइने जर्मनी सरकारले जनाएको छ ।

अफ्रिकी महादेशमा मङ्कीपक्स नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय प्रयासहरूको ऐक्यबद्धतामा समर्थन गर्ने उद्देश्यले जर्मनीले खोप अनुदान दिन लागेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।जर्मनीले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) लाई वित्तीय सहयोग प्रदान गर्नुका साथै गाभी भ्याक्सिन अलायन्समार्फत अफ्रिकामा साझेदारहरूलाई सहयोग गरिरहेको सरकारका प्रवक्ता स्टिफन हेबेस्ट्रेटले बताउनुभएको छ ।
मङ्कीपक्सका कारण अहिलेसम्म कङ्गोमा पाँच सय ७० भन्दा धेरै मानिसको ज्यान गइसकेको छ । बुरुन्डी, केन्या, रुवान्डा र युगान्डामा पनि प्रकोपको रुपमा मङ्कीपक्स सङ्क्रमण फैलिरहेको छ । युरोपमा स्विडेन र दक्षिण एसियामा पाकिस्तानमा मङ्कीपक्स सङ्क्रमणका बिरामी भेटिएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय