Sunday, October 6, 2024

अमेरिकामा जन्मिएको १० बर्षकी अनुन्या द भोइस अफ किड्स सिजन -३ को भोटिङ राउण्डमा

spot_img


द भोइस अफ किड्स सिजन ३ को भोटिङ राउण्डमा अमेरिकाको न्युहेम्सार मेन्चेस्टरमा जन्मिएकी बर्ष १० कि नेपाली भाषी भुटानी समुदायकी अनुन्या तामाङ पुगेकी छिन ।


ब्लाइण्ड अडिसनमा सपना भरी आँखामा आउने को होला बोलको गीत गाउदै कोच मिलन नेवारलाई घुमाउन सफल भएकी थिइन । ब्याटल राउण्डमा कोच मिलनले नै उनलाई अघी बढाउन चाहिनन । यो कुरा अनुन्याको लागि दु:खद थियो तर प्रमोद खरेलले अनुन्यालाई स्टिल गरेर पुन उनको यात्रा अघी बढेको छ । अहिले उनी लाइभ राउण्डमा अर्थात भोटिङ राउण्डमा पुगेकी छिन भने उनको लोकप्रियता पनि बढेर गएको छ । कोच प्रमोदको प्रतिभाहरुले अक्सर उपाधी जितिरहदा फेरी पनि अनुन्याले जित्न सक्ने अवस्था बलियो हुँदै गएको छ ।
अहिलेको नयाँ पुस्ताहरुमा नेपाली भाषा , कला प्रतिको मोह कमी हुँदै गर्दा अमेरिकामा नै जन्मेर पनि यतिको राम्रो गीत संगीतमा आफ्नो क्षमता देखाउनु साधारण कुरा होइन । हुन त उनलाई नेपाली भन्दा अँग्रेजी बोल्नमा नै सहज हुन्छ । यसमा उनको कुनै दोष छैन तर उनिले आफुलाई बाहिर जन्मेर पनि नेपाली गीत संगीतको राष्ट्रिय स्तरको रियालिटी शोमा आएर कडा टक्कर दिईरहेकी छिन यो भने प्रशंसा गर्न लायक छ । अब उनी द भोइस अफ किड्स सिजन ३ को उपाधी बिजेता बन्ने कि नबन्ने भन्ने कुराको निर्धारण दर्शकको मतले नै गर्नेछ । यतिबेला उनी र उनको परिवार सबै समक्ष भोट गरिदिन अपिल गरिरहेका छन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय