Monday, October 7, 2024

‘द भाईस अफ नेपाल’ अब आवाज नै बन्नेछ पहिचान ।

spot_img

विश्वको उत्कृष्ट सिङगीङ रियालीटी सो मध्ये पर्ने एउटा रियालीटी सो हो ’द भोईस अफ’ यो सो को सुरुवात हल्याण्ड देशबाट डच टेलीभिजन प्रोड्युसर जोन डी मोल ले गरेका हुन ।
यो सो विश्वको विभीन्न देश स्पेन, भियतनाम, युक्रेन, टर्की, थाईल्याण्ड, स्वीजरल्याण्ड, स्वीडेन, साउथ कोरिया, साउथ अफ्रिका, स्लोभेनिया, रसिया, रोमानीया, पोर्चुगल, फिलीपीन्स, पेरु पाकिस्तान, नर्वे, नाईजेरिया, म्यानमार, मेक्सीको, मलेसीया, सिङ्गापुर, जापान, ईटली, अष्ट्रेलीया तथा अन्य ११८ देश हुदै अब नेपालमा पनि सुरु भएको छ ।
यो रियालीटी सो लाई डच टेलीभिजनले बनाएको फरमेट अनुसार नै नेपालमा पनि सञ्चालन गरीनेछ, यो सो लाई ५ भागमा बिभाजन गरीएको छ, डिजिटल अडिसन, ब्लाईन्ड अडिसन, ब्याटल राउन्ड, नक आउट, लाईभ सो गरी सञ्चालन हुनेछ ।
नेपालमा यो सो लाई अहिले कान्तिपुर एच डी र डिस होम रमाईलो ले प्रसारण गरीरहेको छ, लक्ष्मण पौडेल यस्को डाइरेक्टर हुन भने प्रलाद सिह महत र सुसील नेपाल कार्यकारी निर्माता हुन । यो कार्यक्रममा अहिले सुरुवाती ब्लाईन्ड अडिसन भईरहेको छ, यो कार्यक्रम अहिले दर्शक सामु निकै नै चर्चीत बन्दै गईरहेको छ, तेस्तै यस्को पहिलो भागले युटयुबमा आफ्नो राम्रो लोकप्रीयताको कारण ट्रेन्डीङ मा पनि परेसकेको छ ।
द भोईस अफ नेपालले प्रतिसपर्धीहरु पुरै नेपालबाट छनौट गरेको हो, द भोईस अफ नेपालको मोबाईल एप्लीकेसन डाउनलोड गरेर तेस्को मार्फत आफ्नो स्वरलाई भिडीयो रेकर्ड गरेर पठाउनु पर्ने हुन्थ्यो । तेसरी गरिएको डिजीटल अडिसन पछि ब्लाईन्ड अडिसन अहिले भईरहेको छ । ब्लाईन्ट अडिसनमा जज हरु फर्किएपछि प्रतिसपर्धीहरुले आफुलाई मन परेकोे कोच आफैले छान्न सक्नेछन । यस कार्यक्रकको बिजेताले पाउनेछन २५ लाख नगद, एउटा कार, २० लाख बराबरको भिडीयो एल्बम साथै विश्व घुम्ने मौका यो कार्यक्रमलाई सुसील नेपालले होस्ट गरीरहेका छन भने जजमा दिप श्रेष्ठ, प्रमोद खरेल, अभया सुब्बा, सनुप पौडेल रहेका छन् ।
‘द भाईस अफ नेपाल’ ले नेपालमा रहेको सम्पुर्ण गायन क्षेत्रलाई मन पराउनेहरुको लागी राम्रो अवसरको रुपमा काम गरिरहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय