Friday, October 4, 2024

भुटानी शरणार्थी महिला मञ्चको आयोजनामा ईन्डोर खेल सम्पन्न

spot_img

१८ असोज, बेलडाँगी ।   भुटानी शरणार्थी महिला मञ्चको आयोजना र बस्ती व्यवस्थापन समिति बेलडाँगीको समन्वय तथा सिजल एण्ड सिस्टर फाउन्डेशनको आर्थिक सहयोगमा बिहीवार महिला दिदि बहिनीहरुको ईन्डोर खेल सम्पन्न भएको छ । कार्यक्रममा जम्मा ४ खेल खेलाईएको थियो भने प्रतेक खेलमा प्रथम, दोस्रो र तेस्रो हुनुहुने सहभागीहरुलाई‌ फाईनल खेल खेलाई प्रथम दोस्रो र तेस्रो सहभागीहरुलाई आकर्षक पुरस्कार वितरण गरिएको थियो । पहिलो चरणको खेल र फाईनल खेलमा बाहिरिनुहुने सहभागीहरुलाई भने सान्तवना पुरस्कार पनि वितरण गरिएको थियो । पहिलो खेलमा सहभागिहरुले भित्र‌ भन्दा भित्र पस्नु पर्ने थियो भने बहिर भन्दा बाहिर निस्किनु पर्ने थियो । दोस्रो खेल भने टेवलमा राखीएको गिलासलाई‌ ३ वटा बलले हानेर लडाउनु पर्ने थियो । तेस्रो खेल पानीको बोतलमा ५ वटा  रिङ्ग छिराउनु पर्ने थियो । चाैथाे खेलमा टेवल मुनी रङ भरिएको‌ विभिन्न रङका बोतलहरु थियो भने टेबल माथी पनि त्यस्तै रङका बोतलहरु राखिएता पनि मुनि जस्तो मिलाएर राखिएको थिएन तसर्थ सहभागीहरुले त्यस रङ भरिएका बोतलहरुलाई तल जसरी मिलाएर माथी राख्नुपर्ने जस्ता खेलहरु खेलाईएको थियो । फाईनल खेल भने म्युजिकल चियर रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी बस्ती व्यवस्थापन समिति बेलडाँगीका सचिव श्री सन्च हाङ सुब्वा हुनुहुन्थ्यो भने सभाध्यक्ष महिला मञ्चका सचिव श्री लिलावती भट्टराई रहनुभएको थियो । कार्यक्रममा बस्ती भित्रका विभिन्न संघ संस्थाका प्रतिनिधिरुको आतिथ्यतामा सम्पन्न भएको थियो । प्रत्येक युनिटबाट ४ जना सहभागीहरु गरि प्रत्येक सेक्टरबाट १६ जना त्यसै गरि जम्मा ४ वटा सेक्टरबााट ६४ जना सहभागीहरुले खेलहरुमा सहभागिता गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य महिला मञ्चका उप सचिव श्री रत्न कुमारी सुनुवारले राख्नुभएको थियो भने कार्यक्रम संचालन श्री सोनिका सुब्बा र साैगता राईले गर्नुभएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय