Sunday, October 6, 2024

पथरी शनिश्चरे क्याम्पमा आयोजित चेस प्रतियोगितामा जुद्द बीर राई प्रथम

spot_img

१६ भदौ, झापा ।  पथरी शनिश्चरे क्याम्पमा युवा मैत्री केन्द्रले सिजल एण्ड सिस्टर्स फाउण्डेसनको आर्थिक सहयोगमा चेस प्रतियोगिता सम्पन्न गरेको छ ।

शनिबार सम्पन्न खेलमा चेस खेलाडी गणेश थक्लुङ रेफ्रीको रुपमा रहेर १६  खेलाडीहरु पथरी शनिश्चरे क्याम्प र बेलडाँगी क्याम्पबाट सहभागी भएका थिए । प्रतिस्पर्धाबाट पथरी शनिश्चरे क्याम्पका जुद्द बीर राई र बेलडाँगी क्याम्पबाट प्रितीमान राईले फाइनल खेलेको फाइनल खेलमा जुद्द बीर राई प्रथम स्थान हासिल गर्न सफल भएका छन । कार्यक्रममा सिजल एन्ड सिस्टर्सका प्रमुख मेघ सुबेदी , सिजल एण्ड सिस्टर्स एल एल सि का अध्यक्ष योगेश नेपाल अमेरिकाबाट फिल्ड भिजिटको क्रममा उपस्थिति जनाउनु  भएको थियो । फाउन्डेसनका नेपाल च्याप्टरका अध्यक्ष सन्जिप भण्डारी ज्यु , बेलडाँगी क्याम्प सचीब सन्चहाङ सुब्बा, पथरी शनिश्चरे क्याम्प सचीब करण राई लगायतको उपस्थिति रहेको थियो । प्रथम स्थान ओगट्दै जुद्द बीर राईले नगद ६ हजार रुपैयाँ, ट्रफी , प्रमाणपत्र र दोस्रो हुनुहुने प्रितीमान राईले नगद चार हजार रुपैयाँ , ट्रफी , प्रमाणपत्र प्रद्दान गरिएको थियो ।

समाजसेबी तथा सिजल एण्ड सिस्टर्स एल एल सि अमेरिकाका अध्यक्ष योगेश नेपाल द्वारा युवा उत्प्रेरणाको लागि १० हजार रुपैयाँ कार्यक्रम स्थलमा नै क्लबका सचीब जोजो तामाङलाई प्रदान गर्नुभएको थियो । युवा  मैत्री केन्द्रले बिशेष गरेर युवापिढीहरु माझ रचनात्मक कृयाकलापहरु गर्दै आईरहेको छ । जसको कारण समाजका युवाहरुलाई सकरात्मक बाटोमा हिंड्न् उर्जा मिलेको कोषाध्यक्ष अशोक राईले जनाउनु भएको थियो ।  युवा मैत्री केन्द्रलाई सिजल एण्ड सिस्टर्स फाउण्डेसनले विविध कृयाकलापको लागि मासिक रुपमा २५ हजार रुपैयाँ सहयोग गर्दै आईरहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय