Sunday, October 6, 2024

आफूमाथि गोली प्रहार भएको ठाउँमा अमेरिकी राष्ट्रपति उम्मेदवार ट्रम्पको पुनः आमसभा

spot_img

२० असोज । अमेरिकी राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पले यसअघि गोली प्रहार भएकै ठाउँमा पुनः आमसभा गर्नुभएको छ । गएको जुलाई १३ तारिखमा पेन्सिल्भेनिआमा आयोजित चुनावी सभाका क्रममा ट्रम्पमाथी गोली प्रहार भएको थियो ।

कानमा गोली लागेर सामान्य घाइते भएका रिपव्लिकन ट्रम्पले फेरी त्यहीँ ठाउँमा चुनावी सभा गर्नुभएको बीबीसीले जनाएको छ । उहाँले आउँदो नोभेम्बर ५ तारिखमा हुने चुनावमा आफूले जीत हासिल गर्ने दाबी गर्नुभयो ।

ट्रम्पको चुनावी सभामा अमेरिकी अर्बपती एलन मस्क पनि उपस्थित हुनुुहुन्थ्यो । यस पटकको अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्पलाई मस्कले पनि साथ दिइरहनुभएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय