Sunday, October 6, 2024

सुझाव संकलनका लागि दुर्गा माविको टोली घर घरमा पुग्दै

spot_img

२० असोज, पथरी । पथरी शनिश्चरे नगरपालिका वडा न ७ लामाटोलीमा रहेको दुर्गा माध्यमिक विद्यालयको टोलीले सुझाव संकलन गर्न घरदैलो अभियान गरिरहेको छ ।

विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यालयमा कार्यरत शिक्षक कर्मचारी, अभिभावक र सरोकारवाला सेवा क्षेत्र भित्रको प्रत्येक घरमा पुगेर सुझाव संकलन गरिएको छ ।

असोज ११ गतेबाट सुझाव संकलन गर्न सुरु गरेको घरदैलो अभियान दैनिक  बिहान ७ बजेदेखी ११ बजे सम्म संचालन गरिरहेको विद्यालयका सहायक प्रधानाध्यापक केशव न्यौपानेले जानकारी दिनुभयो ।

पथरी शनिश्चरे नगरपालिकाको शिक्षा शाखाबाट विद्यार्थी संख्या न्यून भएको र यस्तै रहेमा कक्षा घटाउने पत्रचार गरेपछि विभिन्न कार्यक्रम गर्दै आएको उक्त विद्यालयले हाललाई घरदैलो अभियान संचालन गरिरहेको छ ।

असोज ११ गतेदेखी आज असोज १९ गते सम्म करिब ५ सय घरमा गएर सुझाव लिने काम भएको सोही विद्यालयमा कार्यरत शिक्षिका लक्ष्मी नेपालले बताउनुभयो । विद्यालयको अवस्थालाई मध्यनजर गरेर घरदैलो गर्दा अभिभावकबाट राम्रा सुझाव संकलन भएका र त्यसलाई अनुमोदन गर्दै कार्यन्वयनको पाटोमा लगिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उद्धवराज बस्नेतले बताउनु भएको छ ।

विगत केहीवर्ष अगाडीदेखी विद्यालय प्रशासन, अभिभावक र स्थानिय सरोकारवालाहरुसंग एक आपसमा समन्वय नहुँदा समस्या आएको स्थानियहरु बताएका छन् । सुझाव संकलनको क्रममा शैक्षिक गुणस्तर सुधार गर्न शिक्षकहरु लाग्नु पर्ने, विद्यालयमा राजनितिक हस्तक्षेप बन्द गर्नुपर्ने, विद्यालयको भौतिक पुर्वाधार व्यवस्थीत गर्दै सौचालय सफा राख्नुपर्ने, जाँड रक्सी नखाने शिक्षक हुनु पर्ने, यातायातको व्यवस्था गर्नु पर्ने लगायतका सुझावहरु पाएको अभियान टोलीका एक सदस्यले बताउनुभयो ।

यति सुझावहरु कार्यन्वयन भएमा आफ्ना छोरा छोरी उक्त विद्यालयमा पढाउने प्रतिवद्वता अभिभावकहरुबाट पाएको जनाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय