Saturday, October 5, 2024

आईपीएल क्रिकेटमा आज हैदराबाद र लखनउ खेल्दै

spot_img

बैशाख २६, काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदराबाद र लखनउ सुपर जाइन्ट खेल्दैछन् । हैदराबाद हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । हैदराबाद ११ खेलमा १२ अङ्कसहित तालिकाको चौथो स्थानमा छ । लखनउ पनि समान ११ खेलमा १२ अङ्कसहित छौठौँ स्थानमा छ ।

आईपीएल क्रिकेटमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई २० रनले हरायो । जितसँगै १२ खेलमा १२ अङ्कसहित दिल्ली पाँचौँ स्थानमा उक्लिएको छ । राजस्थान ११ खेलमा १६ अङ्कसहित दोस्रो स्थानमा यथावत् छ । पहिलो स्थानमा रहेको कोलकाताको पनि १६ अङ्क नै छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय