Friday, October 4, 2024

हिजबुल्लाहका नेताहरूलाई निशाना बनाउँदै बेरुतमा इजरायलको आक्रमण शुरू

spot_img

१८ असोज । इजरायलले लेबनानको राजधानी बेरुतमा फेरि ठूलो आक्रमण शुरू गरेको छ । हिजबुल्लाहका नेताहरूलाई निशाना बनाउँदै इजरायलले आक्रमण शुरू गरेको बीबीसीले जनाएको छ ।

गएराति बेरुतमा निकै ठूला विस्फोट भएका थिए । ती विस्फोट हिजबुल्लाहको बलियो पकड रहेको दक्षिणी क्षेत्रमा भएका खबरमा उल्लेख छ । बेरुतको स्थानीय सञ्चारमाध्यमअनुसार त्यहाँको अन्तर्राष्ट्रिय विमानस्थलको नजिकै पनि विस्फोट भएको थियो ।

इजरायली आक्रमण्को मुख्य निशानामा हिजबुल्लाहका सम्भावित नयाँ नेता ठानिएका हासिम साफी अल–दिन रहेका खबरमा उल्लेख छ । यद्दपि उनको अवस्थाबारे थाहा भएको छैन ।

यसअघि इजरायली सेनाले मानिसहरूलाई यस क्षेत्रका दुई वटा भवनबाट बाहिर निस्कन आग्रह गरेको थियो । यसैबीच लेबनानी सेनाले दक्षिणी लेबनानमा आफ्ना दुई सैनिक मारिएका जनाएको छ । इजरायलले यस क्षेत्रमा हिजबुल्लाहविरुद्ध भूमिगत कारबाही गरिरहेको छ । इजरायली सेनाले दक्षिणी लेबनानका धेरै गाउँहरू खाली गर्न सर्वसाधारणलाई आदेश दिएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयले पछिल्ला तीन दिनमा इजरायलको आक्रमणबाट ४० जना स्वास्थ्यकर्मी र अग्नि नियन्त्रकहरू मारिएका बताएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय