Thursday, November 21, 2024

त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खलामा नेपालसँग ओमान ५६ रनले पराजित

spot_img

त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले ओमानलाई हराएको छ । क्यानडाको किङ्गसिटीमा गएराति भएको खेलमा ओमान नेपालसँग ५६ रनले हारेको हो ।


नेपालले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको ओमान १७ ओभर ५ बलमा १ सय १ रनमा अल आउट भयो । ओमानका जिशान मकसुदले सर्वाधिक ३५ रन बनाए । नेपालका कुशल भुर्तेलले ३ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो ।

नेपालको जीतमा कप्तान रोहित पौडेलले ५६ रनको अविजित अर्धशतकीय इनिङ खेले । ओमानका फयाज बटले ३ विकेट लिए । नेपाल ४ खेलमा २ मा जीत र १ मा हारसहित ४ अङ्कका साथ नेटरनरेटका कारण शीर्ष स्थानमा छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय