Friday, October 4, 2024

आईसीसी महिला टी–२० विश्वकप आजदेखि शुरू हुँदै

spot_img

१७ असोज । आईसीसी महिला टी–२० विश्वकप आजदेखि शुरू हुँदैछ । यूएईमा हुने महिला टी–२० विश्वकपमा २०२४ मा १० वटा टोलीको सहभागिता रहेको छ । बङ्गलादेशमा आयोजना हुने तालिका रहे पनि त्यहाँको राजनीतिक अस्थिरताले आईसीसीले टी–२० महिला विश्वकप यूएई सारेको हो ।

कात्तिक ४ गतेसम्म हुने प्रतियोगिताको समूह ‘ए’ मा अष्ट्रेलिया, भारत, पाकिस्तान, न्यूजिल्याण्ड र श्रीलङ्का छन् । समूह ‘बी’ मा बङ्गलादेश, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्याण्ड रहेका छन् । हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

प्रतियोगिताको उद्घाटन खेलमा आज बङ्गलादेशले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्ने छ । खेल नेपाली समयअनुसार बेलुका पौने ४ बजे  शारजाहमा शुरू हुनेछ ।

आजै राति पौने ८ बजे पाकिस्तान र श्रीलङ्का पनि खेल्नेछन् । यस पटककको महिला टी–२० विश्वकप दूबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम र शारजाह क्रिकेट स्टेडियममा आयोजना हुनेछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय