Friday, October 4, 2024

हमास लडाकू समूहले बन्धक बनाएकामध्ये ६४ जनाको अवस्था अझै थाहा हुन सकेन

spot_img

१८ असोज । हमास लडाकू समूहले इजरायलमा आक्रमण गर्दा बन्धक बनाएकामध्ये ६४ जनाको अवस्था अझै थाहा हुन सकेको छैन । इजरायलमा आक्रमण शुरू गर्दा हमास लडाकूले दुई सय ५१ जनालाई गाजा पट्टीमा लगेका थिए ।

आक्रमणको एक वर्षपछि पनि दुई बालबालिकासहित ५२ पुरुष र १० महिलागरी ६४ जना अझै बन्धक छन् । उनीहरू जीवित नै रहेको हुन सक्ने इजरायलको विश्वास रहेको समाचार संस्था एएफपीले जनाएको छ ।

गाजा पट्टीमा प्यालेस्टिनी लडाकू समूहका लागि ती बन्धकहरू इजरायलसँग युद्धविराम वार्ता गर्न र इजरायली जेलमा थुनिएका प्यालेस्टिनी कैदीको रिहाइ गर्न माध्यमका रुपमा रहेका छन् ।

सन् २०२३ अक्टोबर ७ तारिखमा हमास लडाकूले दुई सय ५१ जना बन्धक बनाएकोमा एक सय १७ जना मुक्त भइसकेका छन् । जीवित रहेको विश्वास गरिएका ६४ मध्ये ५७ जना इजरायली हुन् । अन्य ६ जना थाई नागरिक र एक जना नेपाली युवा विपिन जोशी हुन् । बन्धकमध्ये बाँकी ७० जना मृत भेटिएको यसअघि नै पुष्टि गरेकोमा ३३ जनाको शव अझै गाजामा नै रहेको खबरमा उल्लेख छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय