Monday, October 7, 2024

अर्जुनधारा धाममा निःशुल्क रात्रीकालीन भोजन

spot_img

९ जेठ, भद्रपुर (रासस) । पूर्वको पशुपति नाथले परिचत अर्जुनधारा जलेश्वरधामले तीर्थयात्री र दीनदुःखीहरुका लागि रात्रीकालीन निःशुल्क भोजन सुरु गरेको छ । धामद्वारा स्थापित अन्नदान अक्षयकोषबाट जलेश्वरधामले रात्रीकालीन भोजन सुरु गरेको धाम समितिका कोषाध्यक्ष मोहन जोशीले बताए ।

उनले अर्जुनधारा नगरपालिका भित्रका असहाय र गरीबले समेत निःशुल्क सो भोजन ग्रहण गर्न पाउने व्यवस्था गरेको बताए । ‘हाम्रो उद्देश्य भनेको नगरका कोही पनि भोकै नसुतुन् भन्ने हो’, कोषाध्यक्ष जोशीले भने, ‘सँगै मन्दिरमा आउने भक्तजन र अतिथिका लागि समेत भोजनको व्यवस्था गरेका छौं ।’

हालसम्म दाताहरुको सहयोगबाट अक्षयकोषको रकम रु. ३५ लाख बढी भइसकेको उहाँले जानकारी दिनुभयो । भविष्यमा रु. १ करोडको अक्षयकोष बनाउने धामको लक्ष्य रहेको छ ।
अर्जुनधारा धाम तीर्थयात्रीहरुको पछिल्लो समय ट्रान्जिट पोइन्ट जस्तै भएको बताउँदै धाम समितिका सदस्य शेखर प्रधानले भने, ‘ताप्लेजुङको पाथीभरा र भारतको कामाक्षादेवीलगायतका धामहरु जाने यात्रु यही आएर बास बस्नुहुन्छ । उहाँहरुको लागि भोजन र आवास दुवैको व्यवस्था छ ।’

‘कोही भोकै नसुतुन्’ भन्ने नाराका साथ यही जेठ ५ गतेदेखि सुरु गरिएको भोजन दैनिक साँझ ७ः३० बजेदेखि ९ बजेसम्म खुवाइने सदस्य प्रधानले जानकारी दिए । उनका अनुसार धाम परिसरमै अतिथि गृहको समेत निर्माण भइरहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय