Saturday, November 23, 2024

नेपाली युवाहरुले मदिरा पिएर कार चलाउँदा दुर्घटनामा २ जनाको मृत्यु, २ जना घाइते; चालकविरुद्ध हत्या अभियोग

spot_img

 

उत्तर भर्जिनियामा शुक्रबार बिहानै भएको घातक सवारी दुर्घटनामा दुईजनाको मृत्यु र दुईजनाको घाइते हुनुमा मदिरा प्रयोग मुख्य कारण भएको विश्वास गरिएको छ, अधिकारीहरूले जनाएका छन्।

लाउडाउन काउन्टी शेरिफ कार्यालयले चालकको पहिचान ३० वर्षीय अल्डी निवासी बिजय तामाङको रूपमा गरेको छ।

तामाङमाथि “स्वेच्छिक हत्या” (Involuntary Manslaughter) को अभियोग लगाइएको छ र उनलाई लाउडाउन काउन्टी वयस्क हिरासत केन्द्रमा धरौटीबिना राखिएको छ। अनुसन्धान जारी रहेकाले थप अभियोग लगाइन सक्ने शेरिफ कार्यालयले जनाएको छ।

शुक्रबार बिहान १२:३० बजे लाउडाउन काउन्टी पार्कवे र टल सिडर्स पार्कवे नजिक दुर्घटनाको रिपोर्ट प्राप्त भएपछि प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान थालेका थिए।

घटनास्थलमा पूर्वतर्फको टल सिडर्स पार्कवेमा क्षतिग्रस्त अवस्थामा रहेको २०२३ फोर्ड मस्टाङ फेला परेको थियो।दुर्घटनामा चार पुरुष थिए: एकजना पुरुष चालक र तीनजना पुरुष यात्रु।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय