Friday, February 14, 2025

“भुसको आगो” उपन्यास सार्वजनिक हुने

spot_img

सम्बन्धको भौतिक मोहलाई मुख्य विषय बनाएको रेमेश दियालीको नयाँ कृति   दोस्रो उपन्यास “भुसको आगो” बजारमा सार्वजनिक हुने भएको  छ। यसअघि लेखकले आफ्नो पहिलो उपन्यास “छाप्रो न.५५” प्रकाशित गरेका थिए, जसले पाठकहरूबाट राम्रै चर्चा बटुल्न सफल भएको थियो। “भुसको आगो”मा सम्बन्धको भौतिक मोहलाई मुख्य विषय बनाएर कथा प्रस्तुत गरिएको छ, जसले प्रेमभन्दा पनि शारीरिक आकर्षण र त्यसले उत्पन्न गर्ने जटिलताहरूको चर्चा गर्छ। लेखकले यसपटक समाजमा रहँदै आएका सम्बन्धहरूमा देखिने शारीरिक मोह र त्यसले उत्पन्न गर्ने समस्याहरूलाई केन्द्रमा राखेर कथा बुनेका छन्। प्रकाशक इन्डिगो इंकले प्रकाशित गरेको यो उपन्यासले पाठकहरूलाई सम्बन्ध, आकर्षण र यथार्थका विविध पक्षहरूमाथि गहिरो दृष्टिकोण दिने प्रयास गरेको छ। प्रकाशनको लगत्तै, “भुसको आगो”ले पाठकहरूबीच उत्सुकता जगाउने आशा राखेको छ, र यसलाई नेपाली साहित्यमा एउटा ताज थप मानिएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय