पाकिस्तानमा साम्प्रदायिक झडप बढ्न थालेको छ । आज पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको आदिवासी क्षेत्रमा बन्दुकधारीले यात्रुबाहक बसमा गरेको आक्रमणमा ४२ जनाको ज्यान गएको छ । बन्दुकधारीको आक्रमणबाट अरु १६ जना गम्भीर घाइते भएका सीएनएनले जनाएको छ ।
अफगानिस्तानसँगको सीमा नजिकै पर्ने कुर्रम जिल्ला हुँदै गुडिरहेको गाडीमा आक्रमण भएको हो । गाडीमा झण्डै दुई सय जना यात्रु रहेका खबरमा उल्लेख छ । भूमिको स्वामित्वलाई लिएर यो क्षेत्रमा दशकौँदेखि शिया र सुन्नि मुस्लिम हतियारधारी समूहबीच विवाद रहँदै आएको छ । अहिलेसम्म कुनै पनि समूहले घटनाको जिम्मेवारी लिएको छैन ।