Wednesday, October 9, 2024

अत्याधुनिक हतियारसहित विप्लवका कार्यकर्ता पक्राउ

spot_img

१६ फागुन,सुनसरी । सुनसरीको धरानमा अत्याधुनिक हतियार सहित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका एकजना कार्यकर्ता पक्राउ परेका छन् ।

धरान–५ पानवारी सडकखण्डबाट लङ मेशिन गन एलएमजी र एम सिक्स्टिन राइफल सहित मोरङको बेलबारी–१० का देवकुमार लिम्बूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा पूर्वतर्फ गइरहेका लिम्बुको साथबाट बरामद भएका दुवै अत्याधुनिक हतियार चालु अवस्थामा रहेको पनि प्रहरीले जानकारी दिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय