Wednesday, October 9, 2024

उद्दारमा गएका पाइलट भन्छन्- टुक्राटुक्रा भएर जलेको देखेँ

spot_img

१५ फागुन, ताप्लेजुङ । दुर्घटनामा परेको एअर डाइनास्टीको हेलिकोप्टरको सानो भाग बाहेक सम्पूर्ण भाग जलेर नष्ट भएको छ। दुर्घटनामा मृत्यु भएकाहरूको शव पनि आधाआधा जलेको देखेको उद्दारका लागि घटनास्थल गएका सिम्रिक हेलिकोप्टरका पाइलट विवेक खड्काले बताए।

दुर्घटनामा परेको हेलिकोप्टरको सानो भाग बाहेक सबै जलेको देखेको उनले बताए ।

‘धुवाँ देखेँ। हुभर गरेर हेर्दा सानो भागबाहेक सबै जलेको देखियो’, खड्काले भने, ‘शवहरू पनि आधा आधा जलेको देखिन्थ्यो।’

उनका अनुसार पाथिभरामा हावा निकै चर्को थियो भने बादल पनि निकै बाक्लो लागेको थियो।

पाइलट खड्काका अनुसार दुर्घटनास्थल हेर्दा हेलिकोप्टर घुम्नेक्रममा दुर्घटनामा परेको हुन सक्ने बताए।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय