Saturday, October 5, 2024

८ रनमै आउट भए पारस ओमनको दवाव कायमै

spot_img

१३ भाद्र, एजेन्सी । एसिया कप क्रिकेट छनोट अन्तरगत ओमनसँग नेपालले दोस्रो विकेट गुमाएको छ ।टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १५.५ ओभरमा ५६ रन बनाउँदा दोस्रो विकेटको रुपमा कप्तान पारस खड्कालाई गुमाएको हो ।

पारसले ब्यक्तिगत ८ रन बनाएर आउट भए । यसअघि सुवास खकुरेल ४ रनमा आउट भएका थिए ।
अहिले क्रिजमा उपकप्तान ज्ञानेन्द्र मल्ल र सागर पुन रहेका छन् । ज्ञानेन्द्र आक्रामक खेल्दै अर्धशतक नजिक पुगेका छन् । ज्ञानेन्द्र ४४ रन बनाएर खेलिरहेका छन् ।

आफ्नो पहिलो खेलमा नै ओमनलाई पराजित गर्दै छनोट प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा नेपाल रहेको छ ।

पछिल्लो समयमा नेपालमाथि ओमन हावी भएको देखिन्छ । नेपाल र ओमनबीच ५० ओभरको खेलमा ६ पटक भेट भएको छ । जसमा नेपाल र ओमनले समान ३–३ पटक जित हात पारेका छन् ।
नेपाल र ओमनबीचको खेल मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा जारी छ ।

प्रतियोगितामा नेपालसँगै आयोजक मलेसिया, ओमन, युएई, सिंगापुर र हङकङ रहेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय