Tuesday, October 8, 2024

झापा गाउँपालीकामा बालिका बलात्कार

spot_img

 

बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवक पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको झापा गाउँपालिका ५ निवासी २२ बर्षीय राजकुमार हेमरन रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

प्रहरीका अनुसार शुक्रवार राती सोही गाउँपालिका ५ निवासी ४ बर्षीय बालिकालाई ललाई फकाई खेतमा लगेर हेमरनले जबरजस्ती बलात्कार गरेको स्थानीयले देखेर प्रहरीलाई खबर गरेपछि उनलाई घटनास्थलबाटै पक्राउ गरिएको हो ।

प्रहरीले बालिकालाई उद्धार गरी मेची अञ्चल अस्पताल भद्रपुरमा उपचारका लागि पठाइएको छन, भने आरोपी हेमरनलाई पक्राउ गरी प्रहरी कार्यालय झापामा राखेर थप अनुसंन्धान गरिरहेको प्रहरी उपरीक्षक बस्नेतले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय