Tuesday, October 8, 2024

जंगलमा बेवारिसे बच्चा फेला

spot_img

२० असोज, फुङ्लिङ । पुरुष तथा महिलाहरुको चरम लापरवाहीको दण्ड भने उनीहरुका सन्तानले मोग्नु परेको छ । पछिल्लो समय बिषेशगरी अनैतिक सम्बन्धबाट जन्मिएका नवजात शिशुको बिचल्ली पारेर उनीहरुको अभिभावक हिड्ने क्रम निकै बढ्दो छ । यसबीचमा ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नम्बर ८ साविक दोखु गाविसको थामखर्क भन्ने स्थानमा एउटा बेवारिसे बच्चा फेला परेको छ।

जंगलमा फेला परेको जीवित बच्चालाई स्थानीय गाउँलेको सहयोगमा उद्धार गरी उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी सञ्जयसिंह थापाले जानकारी दिए। नवजात उक्त छोरा कसको हो र कसरी जंगलमा छाडियो भन्ने बारेमा अनुसन्धान भईरहेकोे डिएसपी थापाले जानकारी दिए।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय