Tuesday, October 8, 2024

बिर्तामोड तताउँदै एड्रिन र फिरोज

spot_img

यो मन त मेरो नेपाली हो, भन्ने गीत नसुन्ने शायद कमै होलान् र यी गायकसँग नाच्ने अनि झुम्ने रहर कसलाई नहोला र ! यति मात्र होइन धेरै पुरानो गीत तर प्रत्येक पुस्तामा पपुलर “परेलीमा लुकाइराखन” बोलको गीत प्रत्यक्ष हेर्न सबै लालयित नै हुने गरेको देखिन्छ र प्रत्यक्ष गायकले नै यस गीतलाई गाएर सुनाउँदा सुन्ने रहर निश्चय नै सबैलाई हुन्छ ।

यी दुवै गीतलगायत अन्य धेरै हिट नम्बर नेपाली गीतसंगीतमा पस्केर दर्शकको मन जितिसकेका लोकप्रिय गायक एड्रिन प्रधान र फिरोज स्याङदेनले असोज २० गते शनिबार बिर्तामोडको माहोल तताउने भएका छन् । पूर्वाञ्चल रक्सले आयोजना गरेको यस कार्यक्रम बिर्तामोडको कनकाई कलेजमा हुँदैछ । यसअघि धरानमा पनि बृहत दर्शकका बीच कार्यक्रम सफल भएकाले बिर्तामोडमा समेत भरपुर मनोरञ्जन दिन सक्नेमा विश्वस्त छन् आयोजकका रवि श्रेष्ठ ।

बिर्तामोडमा एड्रिन र फिरोजको एकसाथ प्रस्तुति पहिलोपटक हो । यति मात्र नभई समग्र लाइट, साउन्ड र स्टेज काठमाडौँबाटै झिकाइएकाले हालसम्म बिर्तामोडमा भएको कन्सर्टभन्दा फरक अनुभूति दर्शकले गर्ने श्रेष्ठले दाबी गरेका छन् । चाहना समूहको सहयोगमा आयोजना हुन लागेको यस कार्यक्रममा एड्रिन र फिरोजको प्रस्तुतिअघि झापाका चर्चित ब्यान्डहरुको प्रस्तुति रहनेछ ।

फिरोज विदेश गएपछि एड्रिनले नै ब्यान्डलाई सम्हाल्दै आएका छन् र अहिले फेरि यो जोडीलाई सँगै देख्दा उत्साहित भएका दर्शकका निम्ति यस कार्यक्रमले उत्साह थप्ने सहजै आँकलन गर्न सकिन्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय