Monday, October 7, 2024

सहाराले सडक दुर्घटना न्यूनीकरण महाअभियान सञ्चालन गर्ने

spot_img

२० असोज, बिर्तामोड । सहारा नेपालले प्रदेश नम्बर १ का प्रमुख शहरलाई दुर्घटनामुक्त प्रदेश बनाउने उद्देश्यले ट्राफिक लाइट जडान गर्ने भएको छ । सहाराले सडक दुर्घटना न्यूनीकरण महाअभियान अन्तर्गत प्रदेशका मुख्य शहरमा ट्राफिक लाइट जडान गर्ने भएको हो ।
बिर्तामोडसहित प्रदेशका मुख्य शहरहरु दमक, बिराटनगर, इटहरी, धरान लगायतमा ट्राफिक लाइट जडान गर्ने भएको हो । ‘प्राविधिक रुपमा उपयुक्त स्थान, प्रविधि र दक्ष प्राविधिक छनौट गरेर ट्राफिक लाइट जडान गरिने छ’ जारी प्रेस नोटमा उल्लेख छ–‘स्थानीय, प्रदेश सरकार र ट्राफिक प्रहरीसँग समन्वय गरेर ट्राफिक लाइट जडान गर्ने योजना बनाएका छौं ।’
बिहीवार सडक दुर्घटना न्यूनीकरण महाअभियान आयोजक समितिका अध्यक्ष तथा सहारा नेपाल (साकोस) कार्यकारी प्रमुख महेन्द्र गिरीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सहारा नेपालले त्यो भन्दा अघि यही मंसिर ४ गते चर्चित सांगीतिक ब्याण्ड नेपथ्यको उपस्थितिमा सांगीतिक कार्यक्रम आयोजना गरेको जनाएको छ । त्योसहित चारवटा अभियान सञ्चालन गर्ने भएको छ ।
त्यस्तै बिर्तामोडको डोमालाल रंगशालामा हुने सांगीतिक कार्यक्रममा ५ हजारभन्दा धेरै दर्शकको सहभागिता रहने बताएको छ । कार्यक्रमबाट संकलित रकम सडक दुर्घटना न्यूनीकरण महाअभियानमा खर्च गरिने आयोजकले जनाएको छ ।
यस्तै चैत्र मसान्तसम्ममा प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई १० वटा मोटरसाइकल, १० वटा ब्रेथलाईजर (मादक पदार्थ सेवन गरे नगरेको पत्ता लाउने यन्त्र), १० वटा ¥याडर गन (गति मापन यन्त्र) र तीनवटा जेब्राक्रस मार्किङ मेसिन प्रदान गर्ने महाअभियानका संयोजक महेन्द्र गिरीले जानकारी दिए ।
सहारा नेपालले आगामी बैशाख महिनादेखि ट्राफिक नियमको बृहत रुपमा सचेतना कार्यक्रम आयोजना गर्ने बताएको छ ।
नियम बिपरित राखिएका होडिङ बोर्ड हटाउने, वाताबरणमैत्री पर्चा पम्प्लेट वितरण गर्ने, सञ्चारमाध्यमबाट सचेतनामूलक कार्यक्रम प्रकाशन प्रशारण गर्ने तथा कार्यक्रमको समिक्षा गरेर त्यसपछिका ढाँचामा फेरबदल गर्ने योजना रहेको संयोजक गिरीले बताए ।
नेपथ्य ब्याण्डको सांगीतिक प्रस्तुतिका लागि ५० लाख रुपैंयाँ खर्च अनुमान गरेको बताएको छ ।
दमक बसपार्कमा जनचेतनामूलक कार्यक्रम
दमक । झापाको दमक बसपार्कमा बढ्दै गइरहेको सवारी साधनको चापलाई व्यवस्थित गर्न ट्राफिक प्रहरी कार्यालय दमकले चासो देखाएको छ ।
बिहिबार ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रनानी बिनोद खतिवडाको नेतृत्वमा पुगेको टोलीले बसपार्कमा बढ्दै गइरहेको सवारी साधनको चापलाई व्यवस्थित गर्ने बारे स्थानीयहरुसंग जनचेतनामूलक कार्यक्रम गरेको छ ।
पूर्वपश्चिम राजमार्गको दमकस्थित बसपार्कमा प्रवेश गर्ने लामा र छोटा दुरीका यात्रु बाहक बस र स्थानीय क्षेत्रमा सञ्चालित अटो र सिटी रिक्साका सवारी चालकहरुलाई ट्राफिक प्रहरीले जनचेतनामूलक छलफल गरेको छ ।
ट्राफिक प्रहरीका अनुसार दमकको मुख्य चौक तथा सडकहरुमा सवारी साधनको चापले आवागमनमा समस्या उत्पन्न भएको भन्दै जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यालयका ट्राफिक प्रहरी जवान विजय ढुङ्गेलले चालकहरुलाई सवारी साधन चलाउँदा ट्राफिक नियम पालन गर्नुपर्ने र सवारी साधान चलाउदा चालकले अनिवार्य जुता लगाउनु पर्ने नयाँ नियमको व्यवस्था गरिएको बताए ।
ट्राफिक प्रहरी जवान ढुङ्गेलका अनुसार सवारी साधन चालकहरुले जुता प्रयोग गर्दा आफूले गुडाइरहेको साधनलाई आवश्यक पर्ने स्थानमा रोक्न सकिने र जोखिम न्यूनीकरण गर्न सकिने छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय