Tuesday, October 8, 2024

जिपको ठक्करबाट झापामा साइकलयात्रीको मृत्यु, तीन घाइते

spot_img

१८ असोज, भद्रपुर । इलामबाट झापातर्फ आइरहेको जिपको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ, भने अन्य तीन जना घाइते भएका छन्। मेची राजमार्ग अन्तर्गत झापाको मेचीनगर–१३ स्थित कालीझोडामा बिहीबार विहान इलामबाट झापातर्फ आइरहेको मे १ ज २४६२ नम्बरको जिपले साइकलयात्रीलाई ठक्कर दिएको थियो।

जिपको ठक्करबाट अर्जुनधारा नगरपालिका ५ निवासी ६० वर्षीय बिष्णुप्रसाद विकको मृत्यु भएको जिल्ला टाफिक प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए। उनका अनुसार जिपले पहिला साइकलयात्री विकलाई ठक्कर दिएको थियो, त्यसपछि जिप अनियन्त्रित भई बाटैमा उभिरहेका अर्को साइकलयात्री मेचीनगर १२ निवासी ३८ वर्षीय टंक रोक्कालाई ठक्कर दिएर पल्टिँदा जिपमा सवार इलाम नगरपालिका ७ निवासी ५५ बर्षीय विजेन्द्र रिजाल र सोही जिल्ला जोगमाई ४ निवासी १९ वर्षीय विशाल सापकोटा सामान्य घाइते भएको निरीक्षक राईले बताए।

घाइते चारै जनालाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी हस्पिटल लगिए पनि साइकलयात्री विकको उपचारको क्रममै मृत्यु भएको हो । जिप प्रहरी नियन्त्रणमा छ भने चालक फरार रहेको प्रहरीले जनाएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय