Monday, October 7, 2024

एलजी सिने सर्कल अवार्ड : नाजिर र नीता उत्कृष्ट

spot_img

काठमाडौं । ‘एलजी सिने सर्कल फिल्म अवार्ड– २०७५’ मा नाजिर हुसेन र नीता ढुंगाना उत्कृष्ट अभिनेता र उत्कृष्ट अभिनेत्री घोषित भएका छन्। नाजिर फिल्म तिमीसँगरबाट र नीता पञ्चायतबाट उत्कृष्ट घोषित भएका हुन्।

आइतबार सम्पन्न ‘एलजी सिने सर्कल अवार्ड २०७५’ अन्तर्गत उत्कृष्ट फिल्मको अवार्ड तिमीसँगले जितेको छ। राष्ट्रिय सभागृहमा उपराष्ट्रपति नन्दबहादुर पुन प्रमुख अतिथि तथा बलिउडका स्टार गोविन्दाको विशेष उपस्थितिमा सम्पन्न अवार्ड समारोहमा निर्देशक किशोर रानालाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरियो। ५१ हजार नगद राशिसहित ‘लिजेन्ड्री सम्मान’ रानालाई प्रदान गरिएको हो।

उत्कृष्ट निर्देशकको अवार्ड नवराज बुढाथोकीले फिल्म भुइँमान्छेबाट पाएका छन्। यस्तै क्रिटिक्स अवार्ड फिल्म ‘मंगलम्’ बाट पुष्प खड्काले पाएका छन् भने पपुलर अभिनेतामा ‘लिलिबिली’बाट प्रदीप खड्काले अवार्ड चुमे। अभिनेत्री प्रियंका कार्की फिल्म ‘छक्का पञ्जा २’ बाट पपुलर घोषित भइन्। उत्कृष्ट संगीत निर्देशकको अवार्ड अर्जुन पोखरेलले ‘म यस्तो गीत गाउँछु’ बाट जिते भने सिनेमाटोग्राफरको अवार्ड विदुर पाण्डेले ‘भुइँमान्छे’ बाट जिते।

पर्दा पछाडिका अनुहारलाई समेत स्थान दिने उद्देश्यले आयोजना भएको अवार्ड समारोहमा सिनेमा उद्योगका हस्तीहरूको उपस्थिति थियो। ‘छक्का पञ्जा २’, ‘पञ्चायत’, ‘शत्रुगते’, ‘लिलिबिली’, ‘भुइँमान्छे’, ‘मंगलम्’ र ‘तिमीसँग’ बेस्ट फिल्म अफ दि इयर’ विधामा मनोनीत भएका थिए।

त्यस्तै सर्वोत्कृष्ट निर्देशकको विधामा नवराज बुढाथोकी (भुइँमान्छे), दीपा श्री निरौला (छक्का पञ्जा २), प्रदीप भट्टराई (शत्रु गते), मिलन चाम्स (लिलिबिली), नवल नेपाल (मंगलम), शिवम् अधिकारी (पञ्चायत) र शिशिर राणा (तिमीसँग) बाट मनोनयनमा परेका थिए।

उत्कृष्ट अभिनेताको विधामा सात मनोनयन सार्वजनिक गरिएको थियो। सरोज खनाल (पञ्चायत), राज कटुवाल (लाल्टिन), दयाहाङ राई (त्यान्द्रो), अनमोल केसी (कृ), प्रदीप खड्का (लिलिबिली), नाजिर हुसेन (तिमीसँग) र पुष्पल खड्का (मंगलम्) बाट ’ द बेस्ट एक्टर’ (मेल) मनोनीत थिए।

उत्कृष्ट अभिनेत्रीतर्फ अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह तीन फिल्मबाट मनोनीत भएकी थिइन्। उनी ‘मंगलम्’, ‘तिमीसँग’ र ‘ए मेरो हजुर २’ बाट मनोनयनमा परेकी हुन्। यस्तै, नीता ढुंगाना (पञ्चायत), बेनिशा हमाल (ब्लाइन्ड रक्स), शिल्पा पोखरेल (मंगलम) र प्रियंका कार्की (छक्का पञ्जा २) बाट उत्कृष्ट पाँचमा परेका थिए।

लाइफटाइम अचिभमेन्ट अवार्ड यस वर्ष ‘राँको’, ‘करोडपति’, ‘सीमारेखा’, ‘घामछाया’, ‘एक नम्बरको पाखे’, ‘कर्जा’, ‘घुम्टो’ जस्ता दर्जनौ नेपाली फिल्मका निर्देशक किशोर रानालाई नगद ५१ हजारसहित प्रदान गरियो। उनलाई प्रमुख अतिथिले सम्मान गरेका थिए।

विजेताको सूची

पोस्टर अफ दि इयर : (शत्रुगते विजय बस्याल)

ट्रेलर अफ दि इयर : सुरेन्द्र पौडेल (कृ)

स्टन्ट अफ दि इयर : पिँजडा ब्याक अगेन (सिम्पसन तामाङ)

पपुलर गीत अफ दि इयर : कुटुमा कुटु, (दुई रुपैयाँ)

भीएफएक्स अफ दि इयर : माओत्सु मुकामी (माई लभ)

कम्मेन्डेवल फिल्म अफ दि : इयर (पञ्चायत)

पपुलर एक्टर अफ दि इयर : प्रदीप खड्का (लिलिबिली)

पपुलर एक्ट्रेस अफ दि इयर : प्रियंका कार्की (छक्का पञ्जा २)

ब्याकग्राउन्ड स्कोर अफ दि इयर : एलिश कार्की

एडिटर अफ दि इयर : मित्र डि गुरुङ, (शत्रुगते)

स्क्रिनप्ले अफ दि इयर : तिमीसँग

सिनेमाटोग्राफर अफ दि इयर : विदुर पाण्डे (भुइँमान्छे)

एक्सन डिरेक्टर अफ दि इयर : चन्द्र पन्त (कृ)

कोरियोग्राफर अफ दि इयर : कविराज गहतराज (कुटुमा कुटु)

प्लेब्याक सिंगर अफ दि इयर : मेल सुगम पोखरेल (भन्छु आज)

प्लेब्याक सिंगर अफ दि इयर : फिमेल मेलिना राई (कुटुमा कुटु)

अन् स्क्रिन कपल अफ दि इयर : रमेश उप्रेती र दीपिका प्रसाईं (ऐश्वर्य)

म्युजिक डिरेक्टर अफ दि इयर : अर्जुन पोखरेल (भन्छु आज)

एक्ट्रेस अफ दि इयर : नीता ढुंगाना (पञ्चायत)

एक्टर अफ दि इयर : नाजिर हुसेन (तिमीसँग)

डिरेक्टर अफ दि इयर : नवराज बुढाथोकी (भुइँमान्छे)

फिल्म अफ दि इयर : तिमीसँग

क्रिटिक्स अवार्ड : पुष्पल खड्का (मंगलम्)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय