Saturday, October 5, 2024

इंग्लिस प्रिमियर लिगमा वेस्टह्यामकाे पहिलाे जित

spot_img

इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्टह्याम युनाईटेडले पहिलो जित हासिल गरेको छ । प्रिमियर लिगमा लगातार ४ खेल गुमाएका वेस्टह्यामले एभर्टनलाई ३–१ गोल अन्तरले पराजित गर्दै पहिलो तीन अंक जोड्न सफल भयो ।

वेस्टह्यामका लागि एमोलेन्कोले २ तथा मार्को अर्नोटोभिकले १ गोल गरेका थिए । भने एभर्टनका लागि  सिगरसनले एक गोल फर्काए ।

पहिलो हाफको ११ औं मिनेटमा आन्ड्रे एमोलेन्कोले गोल गर्दै वेस्टह्यामलाई सुरवाती अग्रता दिलाएका थिए । त्यसपछि ३१ औं मिनेटमा उनै एमोलेन्कोले व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गर्न सफल भए । पहिलो हाफको अतिरिक्त समयमा सिगरसनले एभर्टनका लागि एक गोल फर्काएका थिए । पहिलो हाफमा २–१ ले अग्रता बनाएको वेस्टह्यामले दोस्रो हाफमा १ गोल थप्दै ३–१ को जित निकालेको हो ।

६१ औं मिनेटमा मार्को अर्नोटोभिकले वेस्टह्यामकालागि गोल थपेका थिए । जितसँगै ३ अंक जोडेको वेस्टह्याम प्रिमियर लिगको तालिकामा १६औं स्थानमा रहेको छ । पराजित भएको एभर्टन भने १० औं स्थानमा रहँदा तालिकाको शीर्ष स्थानमा चेल्सी रहेको छ । जारी सिजनमा चेल्सी र आर्सनलले मात्रै शत प्रतिशत नतिजा निकाल्दै १५ अंक जोडेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय