Sunday, October 6, 2024

राहत शिक्षकको आन्दोलन : प्रदेश २ का सबै विद्यालय ठप्प

spot_img

२६ भदौ, जनकपुरधाम । प्रदेश २ का आठै जिल्लाका सामुदायिक विद्यालय आजदेखि ठप्प भएका छन् । राहत शिक्षक संघर्ष समितिको आह्वानमा विद्यालय तीन दिनका लागि ठप्प पारिएको हो ।

सबै राहत शिक्षकलाई स्थायी गर्नुपर्ने, शिक्षक सेवा आयोगले विज्ञापन गर्दा राहत शिक्षकको हकमा उमेर हदबन्दी नलगाउनुपर्ने लगायत माग राखेर विद्यालय बन्द गराइएको समितिका महोत्तरी अध्यक्ष राजकिशोर सिंहले बताए।

उनले आफुहरुको माग पुरा गर्न सरकार उदाशीन देखिएकाले बाध्य भएर शैक्षिक हड्तालमा उत्रनु परेको बताए ।

विद्यालय ठप्प भएपछि प्रदेश २ का आठ जिल्लाका लाखौं विद्यार्थी पढाईबाट बञ्चित भएका छन् । विद्यालय सुनसान भएका छन् । स्थायी शिक्षकहरु राहत शिक्षकको आन्दोलनमा समर्थन जनाएका छन्  ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय