Thursday, January 16, 2025

ग्लोबल भुटनीज अर्गनाइजेसन द्वारा समाजसेबी मेघ सुबेदी सम्मानित

spot_img

 

अमेरिका स्थित ग्लोबल भुटनीज अर्गनाइजेसन (जि,बि,अो)ले समाजसेवी मेघ सुबेदीलाई सम्मान गरेको छ। सेजल एण्ड सिस्टर फाउण्डेसनका संस्थापक तथा शिक्षादेखि मानवसेवाको क्षेत्रमा क्रियाशील सुबेदीलाई अर्गनाइजेसनका अध्यक्ष डी.बी. राईले विशेष सम्मान प्रदान गरेका हुन्।

ग्लोबल भुटनीज अर्गनाइजेसनले विशेषतः शिक्षाको क्षेत्रमा निरन्तर योगदान गर्दै आएको छ। यसै क्रममा मोरङको पथरी शनिश्चरे शिविरमा बाल बाटिका विकास केन्द्रका लागि अत्यन्तै आवश्यक भवन निर्माणका लागि अमेरिकी डलर $१०,६८७ को आर्थिक सहयोग प्रदान गरेको थियो। यो रकम २०२३ को वार्षिक साधारण सभामा प्रदान गरिएपछि भवन निर्माण कार्य सुरु भएको थियो। केही समय अघि भवन निर्माण सम्पन्न भएपछि अध्यक्ष राईले नेपालमै पुगेर एक भव्य समारोहका बीच भवनको उद्घाटन गरेका थिए।

समाजसेवी मेघ सुबेदीले आफ्नो फाउण्डेसनमार्फत शिक्षा, स्वास्थ्य र मानवीय सहयोगका क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। शिविरभित्र मात्र सीमित नरहेर अन्य बिभिन्न स्थानमा समेत उनले सहयोगका हात फैलाउँदै समाज सेवाको क्षेत्रमा एक प्रेरणादायक व्यक्तित्वको छवि निर्माण गरेका छन्। सेजल एण्ड सिस्टर फाउण्डेसनको माध्यमबाट उनले विशेषतः शैक्षिक तथा स्वास्थ्यसम्बन्धी समस्यामा परेका व्यक्तिहरूलाई सहयोग पुर्‍याउँदै आएका छन्।

समाजसेवा, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत क्षेत्रमा गरिएको योगदानको कदर गर्दै यस किसिमको सम्मानले समाजसेवीहरूको मनोबल उच्च बनाउने र भविष्यमा थप योगदान गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय