Tuesday, January 14, 2025

अमेरिकाको एक्रोनमा नेपाली मूलका खेलाडीबीच ब्याडमिन्टन प्रतियोगिता हुने

spot_img

 

अमेरिकाको एक्रोनमा आगामी फेब्रुअरी १६ तारिखका दिन नेपाली मूलका खेलाडीबीच ब्याडमिन्टन नकआउट प्रतियोगिता आयोजना हुने भएको छ। एक्रोन र्याकेट्स (ARBC) र भुटानी समुदाय इन एक्रोनको सहकार्यमा आयोजना गरिंदै गरेको यस प्रतियोगिता बिहान ७:३० बजे सुरु भएर साँझ ८:०० बजे सम्पन्न हुने कार्यक्रम रहेको छ।

नेपाली मूलका खेलाडीहरूलाई विभिन्न समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइने यो प्रतियोगितामा खेलप्रेमीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने उत्कृष्ट अवसर प्रदान गरिने आयोजकले बताएका छन्। सहभागी हुने खेलाडीहरूले फेब्रुअरी ८ तारिखभित्र आफ्नो नाम दर्ता गरिसक्नुपर्नेछ भने दर्ता शुल्क ३० देखि ६० डलरसम्म तोकिएको छ।

यस प्रतियोगितामा एडभान्स्ड सिंगल्समा ३२ टिम, एडभान्स्ड डबल्समा १६ टिम, इन्टरमिडिएट सिंगल्स र इन्टरमिडिएट डबल्स दुवैमा १६-१६ टिम सहभागी हुनेछन्। महिला सिंगल्सका लागि भने कुनै सीमा तोकिएको छैन, अर्थात् यो समूहमा खेलाडीहरूको सहभागिता खुला छ।

विजयी खेलाडीहरूलाई नगद पुरस्कार र ट्रफी प्रदान गरिनेछ। प्रतियोगिता र दर्तासम्बन्धी थप जानकारीका लागि राज तुम्बापो, खेम शर्मा, गोपाल लेप्चा, सन क्याप्टन, र टेक लेप्चालाई सम्पर्क गर्न सकिनेछ।

प्रतियोगिताले खेलकुदको माध्यमबाट नेपाली समुदायबीच एकता र भाइचाराको भावना थप प्रगाढ बनाउने विश्वास गरिएको छ। खेलप्रेमीहरूको उत्साहलाई मध्यनजर गर्दै प्रतियोगिताले नेपाली मूलका खेलाडीहरूलाई आफ्नो प्रतिभा उजागर गर्ने विशेष अवसर दिनेछ। आयोजकले यसलाई खेलकुदप्रति लगाव र सांस्कृतिक प्रवर्द्धनको माध्यमका रूपमा लिएको बताएका छन्।

What’s your Reaction?
+1
2
+1
1
+1
0
+1
1
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय