Thursday, January 16, 2025

भेनेजुएलाका शरणार्थीलाई बि.सि.एचद्वारा अमेरिकामा स्वागत ।

spot_img

 

 

भेनेजुएलाका शरणार्थीलाई भुट्नीज कम्युनीटी इन ह्ररिसबर्ग (बि.सि.एच)द्वारा अमेरिकामा स्वागत गरिएको छ । संघीय कार्यक्रम अन्तर्गत शरणार्थी परिवारलाई व्यवस्थापन गर्ने जिम्मा लिएका बि.सि.एचले भेनेजुएलाका शरणार्थीलाई बुधबार ह्यारिसबर्ग इन्टरनेश्नल विमानस्थलमा स्वागत गरेको हो ।

यसै बिच बि.सि.एचले अमेरिका पुनर्वासमा आउने नयाँ परिवारलाई सजिलो बनाउन काम गरेको बि.सि.एचका अध्यक्ष तिलक निरौलाले जानकारी दिनु भएको छ । विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त्त कुरा गर्दै निरोलाले भन्नू भयो ‘आज हामी स्वागत गर्यौँ । अब उहाँहरुलाई आवश्यक सहयोग गर्छौँ । र यो क्रम वर्षभरी नै चलिरहन्छ ।’

यो वर्ष विभिन्न देशबाट अमेरिका पुनर्वासमा आउने एक सय शरणार्थीलाई पुनर्स्थापनामा सहयोग गर्ने कार्यक्रम रहेको बि.सि.एचले जनाएको छ । उनिहरुका लागि घर खोजी दिने, खुवाउने, किनमेल गरिदिने देखि कागजपत्री सम्बन्धि सबै सहयोग बि.सि.एचले नै गरिदिने बताइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय