अमेरिकामा धन्धुर्मास पर्व भव्यताका साथ सञ्चालन भइरहेको छ। हिन्दु धर्म तथा साँस्कृतिक संगठन (OHRC)ले पौष २७ गतेदेखि गोदारंगनाथ भगवान्को विवाह महोत्सव भव्यताका साथ सञ्चालन गरिरहेको हो।
यस उत्सवमा श्रद्धालु भक्तजनको बाक्लो उपस्थिति रहेको छ। दैनिक डेढदेखि दुई सय भक्तजनको उपस्थिति हुने यस उत्सवमा विशेषत: विदा दिन शनिबार र आइतबार चारदेखि पाँच सय श्रद्धालु भक्तजनको उपस्थिति रहने गरेको आयोजक हिन्दु धर्म तथा साँस्कृतिक संगठन (OHRC)ले भुट्निज न्युजलाई जानकारी दिएको छ।
उत्सवका अवसरमा ओ.एच.आर.सि का मठाधीश अनन्त बिभुषिस स्वामी चक्रपाडी प्रपन्नद्वारा धार्मिक कथा प्रवचन गरिने साथै विभिन्न संघसंस्था र व्यक्तित्वलाई प्रमाणपत्र वितरण गरिने कार्यक्रम पनि राखिएको छ।