Wednesday, January 15, 2025

अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त

spot_img

अमेरिकाको पश्चिमी क्षेत्र क्यालिफोर्निया र लस एन्जलसमा इतिहासकै विनाशकारी आगलागी भइरहँदा उत्तर पूर्वी क्षेत्रहरु भने हिमपात र हिमआँधीले प्रभावित भएका छन् । हिमपात र आँधीका कारण हिजो मात्रै तीन हजार वटाभन्दा धेरै हवाई उडान रद्द भएका छन् । हजारौँ उडानमा ढिलाई भएको एएएफपीले जनाएको छ ।

डेल्टा एअरलाइन्सले जाडो मौसमको अवस्था अपेक्षितभन्दा खराब रहेको जनाएको छ । एटलान्टा अन्तर्राष्ट्रिय विमानस्थलका रनवे दुई घण्टासम्म बन्द भएका थिए । डेल्टाले मात्रै हिजो आफ्ना ११ सय वटा उडान रद्द भएको जनाएको छ । अत्यधिक चिसोका कारण कतिपय विमानहरुका इन्जिनमा समस्या देखिएको खबरमा उल्लेख छ ।

यो हप्ताको शुरुमा हिउँदको आँधीले कम्तीमा पाँच जनाको ज्यान गइसकेको छ । केही ठाउँको तापक्रम माइनस १८ डीग्री सेल्सियसभन्दा तल झरेको छ । लाखौँ परिवार बिजुलीविहिन अवस्थामा छन् । अमेरिका अहिले दुई वटा ठूला विपदमा छ । लस एन्जसलमा इतिहासकै खराब आगलागी भइरहेको छ । अहिलेसम्म ११ जनाको ज्यान गइसकेको छ । शहरका हजाराैँ संरचना जलेर नष्ट भइसकेका छन् । सुख्खापन र तीब्रगतिको हावाले गर्दा आगो निभाउन निकै सकस परिरहेको छ । लाखौँ मानिस घर छाडेर भागेका छन् । आगलागीका कारण विषाक्त धुँवा र हावा फैलिएपछि लस एन्जलस काउन्टीमा स्वास्थ्य आपतकालको घोषणा भएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय